११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

साढे ७८ लाख रुपैयाँसहित हुन्डी कारोबारमा संलग्नको आरोपमा दुई जनालाई पक्राउ

Logo
प्रकाशित आइतबार, माघ २२, २०७९

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले साढे ७८ लाख रुपैयाँसहित हुन्डी कारोबारमा संलग्नको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा कैलाली धनगढी उपमहानगरपालिका–९ घरभई काठमाडौं बिजुलीबजार बस्ने २३ वर्षीय किशोर चौधरी र कैलाली गोदावरी नगरपालिका–१० का ५९ वर्षीय दिपेन्द्र बहादुर मल्ल छन् ।काठमाडौं उपत्यकाको न्यूरोड क्षेत्रमा विभिन्न व्यक्तिहरुले नेपाल राष्ट्र बैंकले जारी गरेको आदेशरनिर्देशनविपरीत ईजाजतपत्र नलिई वित्तीय कारोबार (हुन्डी) गरिरहेको सूचनाको आधारमा उनीहरुलाई नगदसहित पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए ।

उनीहरुलाई प्रहरीले शुक्रबार पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट प्रहरीले नगद ७८ लाख ५० हजार रुपैयाँ र ४ लाख रुपैयाँको चेक बरामद गरेको छ ।

पक्राउ परेकामध्ये दिपेन्द्र मल्लले विगत ५ वर्षदेखि र किशोर चौधरीले ४ वर्षदेखि न्यूरोड क्षेत्रमा विभिन्न व्यक्तिहरुबाट हुन्डीको रकम संकलन गर्ने र बैंक डिपोजिटमार्फत रकम व्यवस्थापन गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको एसपी कोइरालाले बताए । उनीहरुले दैनिक करिब १ करोडभन्दा बढीको रकम कारोबार गर्ने गरेको समेत अनुसन्धानमा खुलेको जनाएको छ ।

उनीहरुविरुद्ध नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

मेष-आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ। वृष-सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय। मिथुन-आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय […]

error: Content is protected !!