०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

देउखुरी – लमहीको गोरखा स्कूलले सार्वजनिक गर्‍यो :२०८२ को शैक्षिक उपलब्धि,

Logo
बिदुर एमसी प्रकाशित मंगलबार, बैशाख ०१, २०८३

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो ।

विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका निभाउन सफल भएको जानकारी गराए । विद्यालयको उन्नति, प्रगति र विस्तारमा सञ्चारकर्मीहरुको साथ, सहयोग र सकारात्मक भूमिकाप्रति सह्रानीय भएको प्राचार्य रिजालले धारणा व्यक्त गरे ।

विद्यालयले कक्षा ८ मा लमही नगरस्तरमा छात्र र छात्रा दुवैतर्फ प्रथम स्थान हासिल गरेको छ, उनले पत्रकारहरुसित स्पष्ट पारे । त्यसैअनुरूप एस.इ.इ. परीक्षामा १ जना विद्यार्थीले ४ जीपीए र ३० जनाले ए प्लस प्राप्त गरेको बताएका छन् । कक्षा १२ विज्ञान र व्यवस्थापन गरी दुवै विषयमा देउखुरीमै प्रथम स्थान हासिल भएको छ, प्राचार्य रिजालले खुशी व्यक्त गरे ।

विद्यालयले व्यवस्थापनतर्फ १३ जना विद्यार्थीले ए प्लस स्थान प्राप्त गर्न सफल भएको बताएका छन् । आईओई र आईओएम प्रवेश परीक्षामा ९ जनाले पूर्ण छात्रवृत्ति र २८ जनाले स :शुल्क नाम निकाल्न सफल भएको विद्यालयले जनाएको छ ।

अतिरिक्त क्रियाकलापतर्फ पनि विद्यालयका विद्यार्थीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । निबन्ध, कविता, चित्रकला तथा नृत्य प्रतियोगितामा नगर तथा जिल्ला स्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् । खेलकुदतर्फ मिनी म्याराथन, रनिङ, लङ जम्प र ट्रिपल जम्प लगायतका प्रतियोगितामा पदक हातमा पार्न सफल भएको छ ।

त्यसैगरी सातौं राष्ट्रपति रनिङ शिल्डमा १९ स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको विद्यालयले जानकारी दिएको छ ।

सोही विद्यालयमा हाल २ हजार, ३ सय, २८ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । ७५ जना पूर्णकालीन तथा ९ जना आंशिक शिक्षक कार्यरत छन् भने ३४ जना कर्मचारी रहेका छन् ।

आगामी शैक्षिक सत्र २०८३ मा शिक्षण सिकाइलाई अझ प्रभावकारी र व्यवहारिक बनाउन विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिने विद्यालयले जनाएको छ ।

पूर्व–प्राथमिकदेखि माध्यमिक तहसम्म परियोजना कार्य, योग अभ्यास, लागुऔषध सचेतना, हस्तलेखन सुधार, नियमित स्वास्थ्य परीक्षण, मनोपरामर्श तथा शिक्षकहरुको व्यवसायिक विकास तालिम सञ्चालन गरिने बताइएको छ ।
विद्यालयले नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान पनि घोषणा गरेको छ । विद्यालयका अनुसार भर्ना फारम २०८३ बैशाख २ गतेदेखि खुल्नेछ । भर्ना प्रक्रिया बैशाख १५ गतेदेखि सुरु हुनेछ । कक्षा सञ्चालन बैशाख २१ गतेदेखि हुने जानकारी गराएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

error: Content is protected !!