१४ कार्तिक २०८३, शुक्रबार
30-10-2026 , Fri
×

देउखुरी – लमहीको गोरखा स्कूलले सार्वजनिक गर्‍यो :२०८२ को शैक्षिक उपलब्धि,

Logo
बिदुर एमसी प्रकाशित मंगलबार, बैशाख ०१, २०८३

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो ।

विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका निभाउन सफल भएको जानकारी गराए । विद्यालयको उन्नति, प्रगति र विस्तारमा सञ्चारकर्मीहरुको साथ, सहयोग र सकारात्मक भूमिकाप्रति सह्रानीय भएको प्राचार्य रिजालले धारणा व्यक्त गरे ।

विद्यालयले कक्षा ८ मा लमही नगरस्तरमा छात्र र छात्रा दुवैतर्फ प्रथम स्थान हासिल गरेको छ, उनले पत्रकारहरुसित स्पष्ट पारे । त्यसैअनुरूप एस.इ.इ. परीक्षामा १ जना विद्यार्थीले ४ जीपीए र ३० जनाले ए प्लस प्राप्त गरेको बताएका छन् । कक्षा १२ विज्ञान र व्यवस्थापन गरी दुवै विषयमा देउखुरीमै प्रथम स्थान हासिल भएको छ, प्राचार्य रिजालले खुशी व्यक्त गरे ।

विद्यालयले व्यवस्थापनतर्फ १३ जना विद्यार्थीले ए प्लस स्थान प्राप्त गर्न सफल भएको बताएका छन् । आईओई र आईओएम प्रवेश परीक्षामा ९ जनाले पूर्ण छात्रवृत्ति र २८ जनाले स :शुल्क नाम निकाल्न सफल भएको विद्यालयले जनाएको छ ।

अतिरिक्त क्रियाकलापतर्फ पनि विद्यालयका विद्यार्थीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । निबन्ध, कविता, चित्रकला तथा नृत्य प्रतियोगितामा नगर तथा जिल्ला स्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् । खेलकुदतर्फ मिनी म्याराथन, रनिङ, लङ जम्प र ट्रिपल जम्प लगायतका प्रतियोगितामा पदक हातमा पार्न सफल भएको छ ।

त्यसैगरी सातौं राष्ट्रपति रनिङ शिल्डमा १९ स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको विद्यालयले जानकारी दिएको छ ।

सोही विद्यालयमा हाल २ हजार, ३ सय, २८ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । ७५ जना पूर्णकालीन तथा ९ जना आंशिक शिक्षक कार्यरत छन् भने ३४ जना कर्मचारी रहेका छन् ।

आगामी शैक्षिक सत्र २०८३ मा शिक्षण सिकाइलाई अझ प्रभावकारी र व्यवहारिक बनाउन विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिने विद्यालयले जनाएको छ ।

पूर्व–प्राथमिकदेखि माध्यमिक तहसम्म परियोजना कार्य, योग अभ्यास, लागुऔषध सचेतना, हस्तलेखन सुधार, नियमित स्वास्थ्य परीक्षण, मनोपरामर्श तथा शिक्षकहरुको व्यवसायिक विकास तालिम सञ्चालन गरिने बताइएको छ ।
विद्यालयले नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान पनि घोषणा गरेको छ । विद्यालयका अनुसार भर्ना फारम २०८३ बैशाख २ गतेदेखि खुल्नेछ । भर्ना प्रक्रिया बैशाख १५ गतेदेखि सुरु हुनेछ । कक्षा सञ्चालन बैशाख २१ गतेदेखि हुने जानकारी गराएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  , दाङ। महिला जेसिजले ‘बुँदादेवी गोराथोकी उत्कृष्ट महिला पुरस्कार वितरण–२०२६’ कार्यक्रमका लागि पत्रकार सम्मेलन गरी विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका महिलाहरूलाई आवेदन दिन आह्वान गरेको छ। दाङ महिला जेसिजकी अध्यक्ष अर्चना शर्माको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष […]

  घोराही, १३ कात्तिक। नेपाल विद्यालय कर्मचारी परिषद्को सातौँ राष्ट्रिय महाधिवेशन यही २०८३ साल कार्तिक १४ र १५ गते दाङमा आयोजना हुने भएको छ। महाधिवेशनको तयारीका सन्दर्भमा शुक्रबार घोराहीमा पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमबारे जानकारी गराइएको छ। महाधिवेशनमा देशभरका ५५ जिल्लाबाट प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ। विद्यालय कर्मचारीहरूको हकहित, अधिकार, पेसागत सुरक्षा, सेवा सुविधा […]

  मुग्लिन । भतेरी, घुमाउने, भोर्ले र जलबिरेमा आज एकैदिन धेरै गाडीहरु दुर्घटना / ब्रेकडाउनमा परेका छन्। यो खण्ड पहिलेदेखि नै पहिरो र साँघुरो मोडका कारण जोखिमयुक्त मानिन्छ, आज पानी परेको र सडक चिप्लो भएका कारण दुर्घटना बढेको हुनसक्छ। यात्रुहरुलाई अनुरोध: – अत्यावश्यक बाहेक आज यो रुटमा यात्रा नगर्नुहोस् – यात्रा गर्नैपरे ट्राफिक प्रहरीको अपडेट […]