१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

IGP सिंहले तस्करी तथा सीमा अपराध नियन्त्रणमा अनुसन्धान केन्द्रित रहेर काम गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन

Logo
प्रकाशित आइतबार, माघ २२, २०७९

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले तस्करी तथा सीमा अपराध नियन्त्रण एवं जघन्य अपराधको सफल अनुसन्धानमा केन्द्रित रहेर काम गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन्।

हालै सरुवा भई कार्य क्षेत्रमा जान लागेका प्रहरी अधिकृतलाई आज निर्देशन दिँदै प्रहरी महानिरीक्षक सिंहले भन्सार नाकाबाट भित्रिएका सामानहरूको चेकजाँचमा कडाइ गरी राजस्व संकलनमा सहयोग गर्न पनि आग्रह गरे।

प्रहरी प्रधान कार्यालमा भएको उक्त कार्यक्रममा उनले स्थानीय निकाय तथा अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी तस्करी नियन्त्रणमा अझ बढी आक्रामक भई लाग्न पनि निर्देशन दिए।

प्रहरी महानिरीक्षक सिंहले कार्यालय प्रमुखका रूपमा खटिँदा आफ्नो मातहतमा रहेका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई समसामायिक विषयहरूमा निर्देशन दिनुपर्नेमा जोड दिँदै गलत काम गर्नेलाई कारबाही तथा असल प्रहरीलाई पुरस्कृत गर्दै प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउनुपर्ने बताए।

फरार अपराधी पक्राउ, गुण्डागर्दी, मिटरब्याजीविरुद्ध अझ बढी आक्रामक भएर काम गर्नुपर्ने उल्लेख गर्दै विगतमा भएका पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर काम गर्न उनले निर्देशन दिए।

प्रहरी महानिरीक्षक सिंहले प्रहरी अधिकृतहरूले आफ्नो क्षेत्रमा नागरिकले अनुभूति गर्ने गरी प्रहरीका दैनिक काम कारबाहीहरू थप नागरिकमैत्री बनाउँदै लैजानुपर्ने उल्लेख गरे।

प्रहरी अधिकृतहरूले आफ्नै क्षेत्रमा हुने विभिन्न अपराधहरूको समयमा नै पहिचान गरी त्यसको नियन्त्रणका लागि आवश्यक योजना बनाई आवश्यकताअनुसार अन्य निकायसँग समन्वय र सहकार्य गर्दै आगाडि बढ्न उपस्थित प्रहरी अधिकृतहरूलाई उनले निर्देशन दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ आर्थिक स्रोतको अभावबिच पनि जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा प्रतिबद्ध राप्ती गाउँपालिकाले दमकल प्राप्त गरेपछि राहत महसुस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट खरिद गरिएको दमकल बुधबार गाउँपालिकामा आइपुगेको हो । स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुँदा अपेक्षित विकास योजना समयमै पूरा गर्न कठिनाइ हुने गरेको […]

मेष : दिन सामान्य छ। हरेक कुरामा सचेत बन्नुपर्ने छ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ। विपक्षीको साथ मिल्नेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। विज्ञको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ। वृष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। धन बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मिथुन : […]

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

error: Content is protected !!