११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

दाङको सडक चारलेन नबनेको विरोधमा स्थानीयद्वारा सांसद गिरीको मुर्दाबादको नारा

Logo
प्रकाशित शुक्रबार, माघ २७, २०७९

(तेज वली)                                                                  दाङ । घोराही तुलसीपुर सडकखण्डको नारायणपुरमा करिब आधा घण्टा सडक अवरुद्ध गरेका हुन् । चार वर्षअघि सुरु भएको उक्त सडकखण्ड लामो समयदेखि अलपत्र छोडिएपछि स्थानीय युवा विरोधमा उत्रिएका हुन् । चार वर्षयता सडक अलपत्र हुँदा सास्ती खेप्नुपरेको भन्दै स्थानीयले तत्काल सडक बनाउन माग गरे ।

उनीहरुले ‘धुलो कहिलेसम्म रु’ चार लेन ठेक्का तत्काल ठेक्का रद्द गर, नयाँ प्रक्रिया गर’ लगायतको प्ले कार्डसहित सडक चक्काजाम गरेका हुन् । सोक्रममा दाङ क्षेत्र नं। ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक गिरी पनि करिब १५ मिनेट जाममा परे । उनले सडक जामकाबीच गाडी अगाडि बढाउन खोजेपछि विवाद भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट दाङ क्षेत्र नं। २ बाट उम्मेदवार बनेका विशाल अधिकारी पनि सडक नबनको विरोधमा उत्रिएका थिए । उनले लामो समयदेखि सडक नबन्दा नागरिकले सास्ती खेप्नुपरेको भन्दै सडक छिटो भन्दा छिटो बनाउनुपर्ने बताए ।

उनले समयमै सडक नबन्दा जीवनको मुल्य चुकाउनु परिरहेको बताए । ‘हरेक दिनजसो सडक दुर्घटना भइरहो छ’ उनले भने, ‘यो सडक होइन धराप हो ।’ मंगलबार पनि चारलेन सडक बनाउन माग गर्दै तुलसीपुर–घोराही सडक खण्डको हात्तीखौवामा स्थानीयले सडक अवरुद्ध गरेका थिए । सडकमा अलपत्र हुँदा धुलोधुवाँ भएपछि स्थानीयले दुईघण्टा सडक अवरुद्ध गरेका थिए । दाङको घोराहीको बबई नदीदेखि तुलसीपुरको हात्तीखौवासम्मको २५ किलोमिटर लामो सडक चार वर्षदेखि अलपत्र छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

मेष-आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ। वृष-सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय। मिथुन-आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय […]

error: Content is protected !!