२७ आषाढ २०८२, शुक्रबार
11-07-2025 , Fri
×

दिनभरको तनावग्रस्त क्षति पछी सरकारले बढाएको सवारी जरिवाना फिर्ता लियो

Logo
प्रकाशित सोमबार, फाल्गुण ०१, २०७९

ABC (क्राईमबिट)                                                काठमाडौँ । ट्राफिक नियम पालनामा कडाइ गर्न ट्राफिक प्रहरीले बढाएको जरिवाना कार्यान्वयन नहुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार भएको बैठकमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार नै जरिवाना उठाउने सहमति भएको हो ।

कानुन विपरीत बढेको जरिवाना खारेज गर्न माग गर्दै यातायात मजदुर र व्यवसायीहरू आन्दोलित भएपछि सरकार जरिवाना बढाउने निर्णयबाट पछि हटेको हो । मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षमा बसेको सरोकारवालबीचको बैठकले ट्राफिक प्रहरीले लागु गरेको नयाँ जरिवाना कानुनसंगत नभएकाले अब कानुन अनुसार नै उठाउने सहमति भएको हो । त्यसका लागि ट्राफिक प्रहरीले सफ्टवेयरमा परिवर्तन पनि गरेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक तुल्सी गौतम सवारी नियम उल्लङ्घन गर्दा कानुनअनुसारकै जरिवाना लिने सहमति भएको बताए । ३ पुसयता ट्राफिक प्रहरीले १६ प्रकारका सवारी नियम उल्लङ्घनमा पहिलोपटकमै १५ सय रुपैयाँ जरिवाना लिन थालेको थियो ।

ऐनको दफा १६४ अनुसार नियम मिच्नेलाई तत्कालै यातायात निरीक्षक र ट्राफिकको प्रहरी सहायक निरीक्षकले पहिलो पटकमा ५ सय, दोस्रो पटकमा एक हजार र तेस्रो पटक वा सो भन्दा बढी पटक सवारी नियम उल्लङ्घन गर्नेलाई एक हजार ५ सय रुपैयाँ जरिवाना गर्ने व्यवस्था गरिएको छ ।

त्यसैअनुसार अब जरिवानाको दर कार्यान्वयन हुने गरी सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

रेड लाइटमा सवारी नरोक्दा, निषेधित ठाउँमा पार्किङ गर्दा, गलत ठाउँबाट सवारी मोड्दा, सडकको गलत साइडबाट चलाउँदा, एकतर्फी सडकमा सवारी चलाउँदा, अवस्था ठिक नभएको सवारी चलाउँदा, रातिको समयमा बत्ती नबाली सवारी चलाउँदा र सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा चलाउँदा एक पटकमा १५ सय रुपैयाँ जरिवाना लिने ट्राफिकको निर्णय कार्यान्वयन नहुने भएको छ ।

त्यसैगरी नम्बर प्लेट नराखी चलाएमा, गाडी चालकले बेल्ट तथा मोटरसाइकल चालकले हेलमेट नलगाई चलाएमा, सार्वजनिक सवारीका चालकले यात्रु राख्न इन्कार गरेमा, लापरबाहीका साथ सवारी चलाएमा, सवारीको वजनको हद निर्धारण गरिएको सडकमा बढी वजनको सवारी चलाएमा, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), सवारी दर्ता किताब साथमा नराखी चलाएमा, ट्राफिक सङ्केत वा इसारा उल्लङ्घन गरी सवारी चलाएमा र निषेधित क्षेत्रमा हर्न बजाएमा पनि यस्तो जरिवाना लाग्ने नियम छ ।

सरकारले ०७५ मा यातायात व्यवस्था विभागलाई अधिकतम जरिवाना गर्न सक्ने अधिकार ट्राफिक प्रहरीलाई दिएको तर्क गरेर जरिवानामा एकै पटक तेब्बरले वृद्धि गरिएको थियो । अब सो व्यवस्था तत्काल कार्यान्वयन नहुने भएको छ ।

मन्त्रालयले यातायात मजदुरहरूले उठाएका अन्य माग सम्बोधनका लागि अध्ययन र छलफल गर्न यातायात व्यवस्था विभागमा निर्देशक रामचन्द्र पौडेलको नेतृत्वमा एक कार्यदल गठन गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालयले बिहीबार सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सूचना निकालेको छ । डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा भएपछि सशस्त्र प्रहरीमा डीआईजीको एक पद एक महिनादेखि रिक्त छ । त्यसमा कसलाई बढुवा गर्ने भन्ने सहमति नजुट्दा सूचना नै निकालिएको थिएन । सहमति भएसँगै सूचना प्रकाशन भएको स्रोत बताउँछ […]

बुटवल । सहकारीको बचत अपचलन गरी सम्पर्कबिहीन भएका डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्था तिलोत्तमा–३ का अध्यक्ष र सचिवको घर बचतकर्ताले मध्यरातसम्म घेराउ गरेका छन् । बिहीबार दिउँसो बचतकर्ताले व्यवस्थापक वसन्त पराजुलीको घर घेराउ .गरेकोमा साँझदेखि राति १ बजेसम्म अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापाको घर घेराउ गरेका हुन् । सयौंको संख्यामा बचतकर्ता घर घेराउ […]

काबुल । लागिरहेको छ ? यदि हामी गैर लाभकारी संस्था मर्सी कॉर्प्सलाई विश्वास गर्छौँ भने जवाफ हुनेछ, हो । मर्सी कोर्प्सले आफ्नो एउटा रिपोर्टमा काबुलमा पानीको अभाव भएकोमा चिन्ता व्यक्त गरेको छ। यसले जलवायु परिवर्तन र दशकौं लामो द्वन्द्वले काबुलको पानीको समस्यालाई गहिरो बनाएको उल्लेख गरेको छ। यदी यो बेलैमा समस्या समाधान नभएमा लाखौं मानिस […]

error: Content is protected !!