१३ साउन २०८२, मंगलबार
29-07-2025 , Tue
×

ठाकुर राम बहुमुखी क्याम्पसमा नेबि संघको सदस्यता बितरण कार्यक्रम

Logo
प्रकाशित सोमबार, फाल्गुण ०१, २०७९

(बिदुर एमसी)                                                                पर्सा । ठाकुर राम बहुमुखी क्याम्पसमा ने.बि.संघ इकाई समितीले सदस्यता वितरणको कार्यक्रम गरेका छन। ने.बि.संघ केन्द्रबाट आएका केन्द्रिय प्रतिनिधि सुरज सेजुवाल र अशोक बिस्टको उपस्थितिमा सदस्यता वितरण गरिएको छ।उक्त सदस्यता बितरण कार्यक्रममा करिब १००० भन्दा बढीले सदस्यता लिएका छ्न।

सदस्यता वितरण कार्यक्रममा बोल्दै केन्द्रिय प्रतिनिधि सुरज सेजुवालले पर्सा जिल्लाका ने.वि.संघका कार्यक्रयता धेरै सक्रिय रहेका छन्।नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्थाका रुपमा रहेको नेविसंघमा निर्वाचन हुने वा नहुने भन्ने अन्योल बढिरहेका बेला महाधिवेशन तोकिएकै समयमा गर्न लागिएको नेविसंघका केन्द्रिय प्रतिनिधि सुरज सेजुवालले जानकारी दिए।

त्यस्तै आज ठाकुर राम बहुमुखी क्याम्पसमा आयोजित अगुवा कार्यकर्ता भेलामा केन्द्रिय प्रतिनिधि अशोक बिस्टले संघीयतामा देश गएको अवस्थामा नेविसंघको विधान र नियमावलीलाई समयानुकूल बनाएर मस्यौदा तयार भइरहेको बताएका छन। ने.वि.संघको केन्द्रिय प्रतिनिधि सुरज सेजुवालको हातबाट सदस्यता ग्रहण गर्दै राहुल कुमार गुप्ताले ठाकुर राम बहुमुखी क्याम्पसमा ने..बि.संघलाई जिताउन कम्मर कसेर लाग्ने बताए । सदस्यता वितरण गर्ने मा ठा.रा.ब.क्याम्पसका पुर्ब स्ववियु निर्वाचित सदस्य धर्मराज यादव,फिरोज अन्सारी,युसुफ अहमद रहेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । रानी जमरा कुलरिया सिँचाई आयोजना उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली चिसापानी आउने भएपछि भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की त्यसतर्फ जाँदै थिए । तर, दुई मन्त्री सवार गाडी एकापसमा ठोक्किएर दुर्घटनामा भएको छ। मंगलबार कैलालीको लम्कीमा गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ […]

आचारसंहिताका आधारमा जतिसुकै शक्तिशाली मिडियालाई पनि कारबाहीको दायरामा ल्याउन सक्ने व्यवस्थासहितको काउन्सिल चाहिएको हो संसद्मा मिडिया काउन्सिल विधेयक विचाराधीन छ । मन्त्रालयले बनाएको र राष्ट्रिय सभाले पारितसमेत गरिसके विधेयक प्रतिनिधि सभामा पुगेको छ । अहिले त्यो विधेयकमाथि प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समतिले छलफल भइरहेको छ । विधेयकको मस्यौदा हेर्दा निकै नै आपत्तिजनक […]

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ साउन ९ गतेको निर्णयले प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा २ जना, प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा ४ जना र नेपाल सरकार गृह […]

error: Content is protected !!