१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

नेपाल प्रहरीका डीआईजी अशोक सिंहको शैक्षिक कागजपत्र नक्कली अख्तियारमा उजुरी

Logo
प्रकाशित बुधबार, फाल्गुण ०३, २०७९

ABC (क्राईमबिट)                                                          नेपाल प्रहरीका डीआईजी तथा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख अशोक सिंहको शैक्षिक कागजपत्र नक्कली भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । डीआईजी सिंहले जागिर प्रयोजनका लागि नक्कली शैक्षिक योग्यताको कागजपत्र पेस गरेको उल्लेख गर्दै अख्तियारमा बुधबार उजुरी परेको हो ।

काठमाडौं बागबजारका विश्वप्रकाश भेटवालले दायर गरेको उजुरीमा सिंहले कलेज पढ्दै नपढी भारतको लखनउबाट आईएको नक्कली शैक्षिक योग्यता प्रमाणपत्र पेस गरेको दाबी गरिएको छ ।

‘सिंहले प्रहरी निरीक्षकको नियुक्ति लिँदा पेश गरेको आईएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली हो । भारतको लखनउमा उनले कलेज पढ्दै नपढी आईएको नक्कली शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेका थिए । त्यस्तै उनले पेस गरेको स्नातकको शैक्षिक योग्यताको प्रमाणपत्र पनि भारतीय नै हो, जुन अहिलेसम्म नेपालमा इक्विभ्यालेन्ट गरिएको छैन । सो सम्बन्धि सम्पूर्ण कागजात प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा र सम्बन्धित कलेजवाट झिकाइ, भिडाइ छानबिन गर्नुपर्दछ,’ उजुरीमा उल्लेख छ ।

उजुरीमा डीआईजी सिंहले आफ्नो भाइ नाता पर्ने गृहसचिव विनोद प्रकाश सिंहलाई प्रयोग गरेर एआईजी बढुवाको लागि अस्वाभाविक चलखेल गरिरहेको पनि आरोप लगाइएको छ । प्रहरीको एआईजीको बढुवा कार्यसम्पादन मूल्यांकनद्वारा हुन्छ । बढुवा समितिको अध्यक्ष गृह मन्त्रालयका सचिव हुने व्यवस्था छ । गृहसचिव सिंहले आफै अध्यक्ष रहेको समितिमार्फत आफ्नै दाइ नाता पर्ने डीआईजी सिंहलाई एआईजीमा बढुवा गर्न लागिपरेको र यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुने उजुरीमा दाबी गरिएको छ ।

‘लोकसेवा आयोग नियमावलीको बढुवा सम्बन्धी परिच्छेद ११ को दफा ७१ मा स्पष्ट रुपमा उल्लेख छ–प्रश्नपत्र निर्माण, प्रश्नपत्र परिमार्जन, उत्तरपुस्तिका परीक्षण, परीक्षा सञ्चालन र अन्तर्वार्ता सम्बन्धी कामसँग संलग्न आयोगका कुनै पदाधिकारी वा कर्मचारीको नजिकको नातेदार आयोगद्वारा सञ्चालन हुने कुनै परीक्षामा उम्मेदवार भएमा सम्बन्धित पदाधिकारी वा कर्मचारीले केन्द्रीय कार्यालयको हकमा आयोगलाई र मातहत कार्यालयको हकमा सम्बन्धित कार्यालय प्रमुखलाई जानकारी दिनु पर्नेछ,’ उजुरीमा उल्लेख छ ।

यस्तै सिंहको नागरिकताको विषयमा पनि उजुरीमा प्रश्न उठाइएको छ । यसबारेमा पर्दाफासले सिंहसँग बुझन् खोज्दा उनले फोन उठाएनन् भने म्यासेजको पनि जवाफ दिएनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुपन्देही । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका अनुसार मृत्यु हुनेमा ९८ पुरुष र २३ महिला रहेका छन् । गत आर्थिक वर्षमा जिल्लामा कुल ८०२ वटा सवारी दुर्घटना भएका थिए, जसमा १ हजार १६२ सवारीसाधन संलग्न थिए । ट्राफिक प्रहरी प्रमुख रन्जु केसीले सुविधासम्पन्न सडकमा चालकको लापरबाही र तीव्र गतिका कारण दुर्घटना बढेको बताइन् । […]

दाङ । लसीपुर ७ को मोतिपुरमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएका बरिष्ठ हवल्दार बराइली घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले जानकारी दिनुभयो । इप्रका तुलसीपुरबाट अन्य दुईजना सादा पोशाकका प्रहरीलाई साथमा लिएर हिजो आइतबार दिउँसो साढे २ बजेको समयमा गएका बरिष्ठ हवल्दार बराइली लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा […]

खेतीको समयमा बाँके जिल्लामा मलको चरम अभाव किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बाँके । पर्याप्त वर्षा नभएपछि मोटर र अन्य सिँचाइका माध्यमबाट धान रोपेका किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बढेको गुनासो गरेका छन् । बाँकेका किसानलाई वितरण गर्ने लक्ष्य अनुसारको रासायनिक मल प्राप्त नभएकाले मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड बाँकेका शाखा […]

error: Content is protected !!