२७ साउन २०८२, मंगलबार
12-08-2025 , Tue
×

उच्च प्रहरी अधिकृतका गोप्य कागजात सार्वजनिक पछि प्रहरीहरुमाथि छानबिन सुरु

Logo
प्रकाशित बिहिबार, फाल्गुण ११, २०७९

ABC (क्राईमबिट)                                                काठमाडौँ । उच्च प्रहरी अधिकृतका व्यक्तिगत विवरणसम्बन्धी कागजात बाहिरिएपछि प्रहरी प्रधान कार्यालय नक्सालले छानबिन थालेको छ।

गोप्य कागजात बाहिर आएको भन्दै प्रधान कार्यालय नक्सालले छानबिन सुरु गरेको हो।

उमेर विवादका कारण डिआइजी अशोक सिंहले बुधबार राजीनामा बुझाएका थिए। उनीलगायत उच्च अधिकृतको उमेर र रोलक्रम सहितको कागजात बाहिर आएको भन्दै कार्यालयले छानबिन थालेको हो।

प्रहरी प्रवक्ता डिआइजी पोषराज पोखरेलले गोप्य कागजात बाहिर आएकाले छानबिन गरिएको बताए।

‘गोप्य कागजात बाहिर आएपछि छानबिन हुनु स्वभाविक हो। गोपनीयता भङ्ग गर्न मिल्दैन। यसलाई सामान्य रूपमा लिनुपर्छ बताए ।

कर्मचारी प्रशासन शाखाबाट उक्त कागजात बाहिरिएको भन्दै त्यहाँका प्रहरीमाथि छानबिन गरिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् । उनले आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै बचतकर्ताको बचत फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको तर्क गर्दै आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग […]

नेपालगन्जको मुख्य बजारमा छाडा सुंगुरको बिगबिगी ठुलो दुर्घटनाको उच्च जोखिम खतरा, बाँके । नेपालगञ्जका मुख्य सडक र चाेकहरुमा छाडा छोडिएका पशु चौपायाको बिगबिगी । सवारीसाधनहरु गुड्ने र मानिस हिंड्ने सडकमा यसरी छाडा छोडिएका पशु चौपायाहरुले हुनसम्म समस्या पारेका छन् । यसैका कारण विशेषगरी सवारीसाधन दुर्घटना भएर जनधनको क्षति हुने प्रवल सम्भावना देखिन्छ । नेपालगञ्ज उपमहानगरपालिका […]

शस्त्र प्रहरी बलले २ जना एसएसपीलाई विभागीय कारबाही गर्‍यो काठमाडौं । कारबाहीमा परेकामध्ये मानव स्रोत शाखामा कार्यरत प्रवीण कँडेल र संयुक्त राष्ट्रसंघको सुडान शान्ति मिसनमा कार्यरत रहँदा यौन हिंसामा संलग्न भएको आरोप लागेका रविन्द्रराज कर्णजित रहेका छन्। सशस्त्र प्रहरी नियमावली २०७२ को दफा १०८ अनुसार कँडेललाई नेतृत्वलाई सार्वजनिक रूपमा चुनौती दिएको आरोपमा कारबाही गरिएको हो। […]

error: Content is protected !!