०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

लागुऔषध र हातहतियारसहित ५ जना पक्राउ

Logo
प्रकाशित शनिबार, फाल्गुण १३, २०७९

ABC (क्राईमबिट)                                                    प्रहरीले मकवानपुरबाट विभिन्न हातहतियार तथा लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । शुक्रबार राती प्रहरीले १३ केजी चरेश, १५ सय केजी गाँजा र विभिन्न हातहतियारसहित ५ जनालाई पक्राउ गरेको हो । जिल्लाको  कैलाश गाउँपालिका–६ दुम्सीखर्कबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली ६ राउण्ड, भरुवा बन्दुक १ थान, गाँजा १ हजार ५ सय १५ केजी र चरेश १३ केजीसहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।  पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका–६ दुम्सीखर्क बस्ने ७६ वर्षीय जितबहादुर मोक्तान, २८ वर्षीय विजय मोक्तान, ४० वर्षीय रत्न घले, २२ वर्षीय अशोक घले र २२ वर्षीय शिखर घले रहेका छन् ।जितबहादुरको घर र गोठ खनतलासी गर्दा हातहतियार र लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका ५ जना र बरामद लागुऔषधका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बिहीबार साँझ सुरक्षा पत्रकारहरुसँगको भेटघाटका क्रममा गृहमन्त्री सुद्न गुरुङले उक्त कुरा बताएका हुन् । ‘म गल्ती गर्ने कसैलाई छाड्नि । मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिन’ गुरुङले भने । भीआईपीलाई अदालतले छाडेको भने उनले असन्तुष्टि पोखे । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अधक्ष्य केपी शर्मा ओलीलाई रातभर आफू र सुरक्षा निकायका प्रमुख […]

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

error: Content is protected !!