२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

मन्त्रीहरुले धमाधम राजीनामा दिएसँगै प्रधानमन्त्री प्रचण्डलाई जिम्मेवारी थपियो

Logo
प्रकाशित आइतबार, फाल्गुण १४, २०७९

(ABC-Sanchar)                                                 काठमाडौँ । राप्रपाका मन्त्रीहरुले राजीनामा दिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै थप जिम्मेवारी प्रदान गरेकी छन् ।

राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै राप्रपाका मन्त्रीहरुले राजीनामा दिएसँगै ती मन्त्रालयको कार्यभार प्रचण्डले नै सम्हाल्नेगरी तोकेको जनाएको छ । राप्रपाकातर्फबाट उपप्रधान एवम् ऊर्जामन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुनमन्त्री ध्रुवबहादुर प्रधानले शनिबार पदबाट राजीनामा दिएा थिए । राप्रपाका मन्त्रीहरुले संविधानको धारा ७७ को उपधारा २ को खण्ड ‘क’ अनुसार राजीनामा दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!