०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

अदालतमा मुद्धा बिचाराधिन भएकै अवस्थामा जग्गामा अवैध रुख कटानी

Logo
प्रकाशित सोमबार, फाल्गुण १५, २०७९


नवलपरासी , १४ फागुन।

पश्चिम नवलपरासी रामग्राम नगरपालिका वडा नम्बर १ कित्ता न ७२ मा रहेको बिवादित जग्गा नवलपरासी जिल्ला अदालतमा विचाराधीन भएकै अवस्थाममा अवैध रुख कटानी गरिएको पाइएको छ। उक्त जग्गा हाल रामग्राम नगरपालिका अन्तर्गत वडा न. १ वडा कार्यलय नजिक रहको र रामग्राम नगरपालिकाको रेकर्ड अनुसार परासी १ ख अन्तर्गत ( साविकको कित्ता न ६०,११४ यसैगरी जिल्ला नापी कार्यालय नवलपरासीको रेकर्ड अनुसार हाल कित्ता न. ७२ रहेको छ।
यद्यपी उक्त जग्गाको खिचलो मेटाई पाउं भन्ने माग दावी सहित हाल जिल्ला अदालतमा २०७७ साल फागुन १४ गते मुद्दा परेपछि अदालतमा जग्गाको विवाद हाल बिचाराधिन अवस्थामा रहेको देखिन्छ । हाल रामग्राम नगरपालिका वडा नं २ का निवासी शारदा श्रेष्ठ र तारादेवी श्रेष्ठले आफुहरु संग रहेका प्रमाणका आधारमा उक्त जग्गा बर्षौदेखी आफ्नो परिवारले जोतभोग गदैै आएको र सोही अनुसार आवश्यक कर बुझाउदै आफुरुले छोडपत्र बापत हस्तान्तरण लिएको भन्दै न्यायका लागी अदालतमा पुगेका छन् ।
दस्तावेज अनुसार साविक तत्कालीन परासी गाउंपन्चायत वडा नं २ सण्डा को कित्ता न . ६० को क्षेत्रफल १२ कठ्ठा जग्गा भुमीसुधार टोलीको तर्फबाट तत्कालीन २०२३ साल भदौ २ गते स्थानिय रामचरण दासको नाममा जोताहाको अस्थायी निस्सा प्राप्त भएको थियो ।

पछि नियमानुसार मिती २०५७ साल साउ २७ गते तत्कालीन अवस्थामा रामग्राम नगरपालिकाले निमानुसार ४ प्रतिशत शुल्क रु ३० हजार ५ सय २० रुपैया राजश्व रकम लिएर छोडपत्र बापत उक्त जग्गा जग्गाको लगतका आधारमा शारदा श्रेष्ठ र तारादेवी श्रेष्ठको नाममा जग्गा हस्तान्तरण गरेको देखिन्छ । नापी कार्यालय नवलपरासीको पछिल्लो प्रतिलिपी अनुसार २०७६ साल असोज २ गतेको रकर्ड अनुसार उक्त जग्गालाई हालको परासी १ ख अन्तर्गत कित्ता नं ७२ कामय गरिएको देखिन्छ । २०५७ साल साउन २५ गते रामग्राम नगरपालिकाबाट उक्त जग्गाको कुल ७ लाख ६३ हजार रुपैया मुल्य कायम गरि उक्त मुख्यको ४ प्रतिशत राजश्व रकम स्वरुप शुल्क रु ३० हजार ५ सय २० रुपैया नगरपालिकाले रकम लिएर उक्त जग्गा तत्कालीन रामचरण दासको नामबाट शारदा श्रेष्ठ र तारादेवी श्रेष्ठको संयुक्त नाममा छोडपत्र बापत हस्तान्तरण भएको देखिन्छ ।
आवश्यक प्रमाणका आधारमा शारदा श्रेष्ठ र तारादेवी श्रेष्ठको संयुक्त नाममा रामग्राम नगरपालिकाले आर्थिक बर्ष २०७७÷०७८ सम्म जोतभोगको आधारमा नगरपालिकाले उक्त जग्गाको परासी १ ख अन्तर्गत कित्ता नं ७२ कायम गरी राजश्व अथवा कर समेत लिदै आएको देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नारायणघात । चितवनमा जारी रास्वपा महाधिवेशन र प्रधानमन्त्रीको भ्रमणका कारण बढेको भीडभाड, ट्राफिक र समसामयिक सुरक्षा अवस्थाबारे फिल्डबाटै जानकारी लिनुभयो सुरक्षा व्यवस्थापन*: भिभिआइपी सुरक्षादेखि सर्वसाधारणको आवतजावतसम्मलाई कसरी सहज र सुरक्षित बनाउने भन्ने योजना समीक्षा गरियो प्रहरी अधिकृतहरूसँग छलफल*: जिल्ला प्रहरी कार्यालय चितवनका एसपी, डिएसपी लगायत फिल्डमा खटिएका अधिकृतहरूसँग बस्नुभयो निर्देशन*: सुरक्षा व्यवस्थापनलाई *थप प्रभावकारी, उत्तरदायी […]

बाँके । नेपालगन्ज आसपासको सीमावर्ती क्षेत्र र भित्री बजारमा छापा मार्दा सामान भन्सार नतिरी ल्याइएको इलेक्ट्रोनिक्स, कपडा, सौन्दर्य प्रसाधन, किराना लगायतका वस्तु लाखौं मुल्यको समानहरु कारबाहीको लागि बरामद सामानलाई भन्सार कार्यालय नेपालगन्जमा बुझाएर थप अनुसन्धान अघि बढाइएको छ । बाँकेको खजुरा, जानकी गाउँपालिका क्षेत्र भारतसँग जोडिएका धेरै नाकामा प्रहरीले चेकजाँच कडा पारेको छ । बाँके […]

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन तापक्रम अत्याधिक बढ्ने प्रक्षेपण गरेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा अत्याधिक गर्मी बढ्ने अनुमान गर्दै महाशाखाले मंगलबारसम्म तातो हावाको अत्याधिक जोखिम रहेको जानकारी दिएको छ । महाशाखाले तातो हावा तथा लहरबाट बच्न चिसो स्थानमा बस्न, सकेसम्म घाममा नजान, हल्का र सुतीको कपडा […]

error: Content is protected !!