०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

सशस्त्र एआईजी नारायणदत्त पौडेलद्वारा फ्रेन्च भाषा प्रशिक्षण तालिम सुसमापन

Logo
प्रकाशित सोमबार, फाल्गुण १५, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा फागुन १४ गते सशस्त्र प्रहरी सिनियर तथा जुनियर अधिकृतहरुको लागि संचालित फ्रेन्च भाषा प्रशिक्षण तालिम समापन भएको छ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले एक कार्यक्रमका बीच भाषा प्रशिक्षण तालिमको समापन गर्नुका साथै सफलतापूर्वक तालिम सम्पन्न गरेका प्रशिक्षार्थी अधिकृतहरुलाई प्रमाणपत्र समेत प्रदान
गर्नुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले तालिम पश्चात सशस्त्र
प्रहरी कर्मचारीहरु संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा खटिदा भाषाको
रुपमा हुने कठिनाईमा सहजता र कार्यसम्पादन गर्न सघाउ मिल्ने विश्वास
व्यक्त गर्नुभयो ।
उहाँले संयुक्त राष्ट्रसंघको अफिसियल भाषाहरु मध्ये फ्रेन्च भाषा पनि एक
महत्वपूर्ण भाषा रहेको चर्चा गर्नुहँुदै तालिम सफलतापूर्वक सम्पन्न गर्ने
सशस्त्र प्रहरी कर्मचारीहरुले सांगठानिक तथा व्यक्तिगत रुपमा समेत
सम्भावनाको बाटो खुलेको बताउनुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल नेपालमा
फ्रेन्च भाषा प्रशिक्षण तालिम पहिलो पटक संचालन गरिएको तथा यस तालिमलाई
निरन्तरता दिईने बताउनुहुँदै आगामी दिनहरुमा समेत फ्रान्सेली केन्द्रसँग
थप समन्वय र सहकार्य गर्दै अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा एलायन्स फ्रँसेका डेपुटी डिरेक्टर प्रविण विक्रम राणाले
सशस्त्र प्रहरी बल नेपालमा फ्रेन्च भाषा सम्बन्धि कक्षा संचालन गर्न
पाउँदा खुशी व्यक्त गर्नुहुँदै आगामी दिनहरुमा पनि फ्रेन्च भाषाको
सहकार्य र समन्वयमा आफू सदैव तयार रहने बताउनुभयो ।
कार्यक्रममा सिनियर अधिकृत, फ्रान्सेली केन्द्रका प्रशिक्षक मुकेश
श्रेष्ठ, जुनियर अधिकृत र विल्लादार जवानहरुको समेत उपस्थित रहेको थियो ।
गत साउन २ गतेदेखि संचालन भएको उक्त फ्रेन्च भाषा प्रशिक्षण तालिममा
सिनियर अधिकृत तथा जुनियर अधिकृत गरी कुल ३७ जना अधिकृतहरुले तालिम
सफलतापूर्वक सम्पन्न गरेको छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नारायणघात । चितवनमा जारी रास्वपा महाधिवेशन र प्रधानमन्त्रीको भ्रमणका कारण बढेको भीडभाड, ट्राफिक र समसामयिक सुरक्षा अवस्थाबारे फिल्डबाटै जानकारी लिनुभयो सुरक्षा व्यवस्थापन*: भिभिआइपी सुरक्षादेखि सर्वसाधारणको आवतजावतसम्मलाई कसरी सहज र सुरक्षित बनाउने भन्ने योजना समीक्षा गरियो प्रहरी अधिकृतहरूसँग छलफल*: जिल्ला प्रहरी कार्यालय चितवनका एसपी, डिएसपी लगायत फिल्डमा खटिएका अधिकृतहरूसँग बस्नुभयो निर्देशन*: सुरक्षा व्यवस्थापनलाई *थप प्रभावकारी, उत्तरदायी […]

बाँके । नेपालगन्ज आसपासको सीमावर्ती क्षेत्र र भित्री बजारमा छापा मार्दा सामान भन्सार नतिरी ल्याइएको इलेक्ट्रोनिक्स, कपडा, सौन्दर्य प्रसाधन, किराना लगायतका वस्तु लाखौं मुल्यको समानहरु कारबाहीको लागि बरामद सामानलाई भन्सार कार्यालय नेपालगन्जमा बुझाएर थप अनुसन्धान अघि बढाइएको छ । बाँकेको खजुरा, जानकी गाउँपालिका क्षेत्र भारतसँग जोडिएका धेरै नाकामा प्रहरीले चेकजाँच कडा पारेको छ । बाँके […]

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन तापक्रम अत्याधिक बढ्ने प्रक्षेपण गरेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा अत्याधिक गर्मी बढ्ने अनुमान गर्दै महाशाखाले मंगलबारसम्म तातो हावाको अत्याधिक जोखिम रहेको जानकारी दिएको छ । महाशाखाले तातो हावा तथा लहरबाट बच्न चिसो स्थानमा बस्न, सकेसम्म घाममा नजान, हल्का र सुतीको कपडा […]

error: Content is protected !!