०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

सशस्त्र प्रहरी बलका ११ जना बरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी)को सरुवा

Logo
प्रकाशित सोमबार, फाल्गुण १५, २०७९

ABC (क्राईमबिट)                                                     सशस्त्र प्रहरी बलका ११ जना बरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी)को सरुवा भएको छ । सरुवामा सिनियर एसएसपीलाई तालिम केन्द्रमा खटाइएको छ ।

दीपक अधिकारीलाई लामापाटन,मनिष थापालाई कुरिनटार तथा कृष्ण ढकाललाई ककनी तालिम केन्द्रमा पठाइएको छ । उनीहरु तिनै जना पहिलो ब्याचका अधिकृत हुन् ।

सोमबार नै सशस्त्रका आठ वटै बाहिनीका डिआइजी पनि हेरफेर भएका छन् ।सरुवा अनुसार बराह बाहिनी सुनसरीमा अञ्जनी कुमार पोखरेल, छिन्नमस्ता बाहिनी महोत्तरीमा दीपेन्द्र शाह, पशुपतिनाथ बाहिनी, काठमाडौंमा पुरुषोत्तम थापाको सरुवा भएको छ । गढीमाई बाहिनी मकवानपुरमा लक्ष्मण बहादुर सिंह, मुक्तिनाथ बाहिनी कास्कीमा कालीदास धौवजी, विन्ध्वावासिनी बाहिनी लुम्बिनीमा विदुर खड्का, महेश्वरी बाहिनी सुर्खेतमा प्रदीप कुमार पाल र बैद्यनाथ बाहिनी कैलालीमा कुमार न्यौपानको सरुवा भएको छ । बाहिनीहरुमा नियमित हेरफेर गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नारायणघात । चितवनमा जारी रास्वपा महाधिवेशन र प्रधानमन्त्रीको भ्रमणका कारण बढेको भीडभाड, ट्राफिक र समसामयिक सुरक्षा अवस्थाबारे फिल्डबाटै जानकारी लिनुभयो सुरक्षा व्यवस्थापन*: भिभिआइपी सुरक्षादेखि सर्वसाधारणको आवतजावतसम्मलाई कसरी सहज र सुरक्षित बनाउने भन्ने योजना समीक्षा गरियो प्रहरी अधिकृतहरूसँग छलफल*: जिल्ला प्रहरी कार्यालय चितवनका एसपी, डिएसपी लगायत फिल्डमा खटिएका अधिकृतहरूसँग बस्नुभयो निर्देशन*: सुरक्षा व्यवस्थापनलाई *थप प्रभावकारी, उत्तरदायी […]

बाँके । नेपालगन्ज आसपासको सीमावर्ती क्षेत्र र भित्री बजारमा छापा मार्दा सामान भन्सार नतिरी ल्याइएको इलेक्ट्रोनिक्स, कपडा, सौन्दर्य प्रसाधन, किराना लगायतका वस्तु लाखौं मुल्यको समानहरु कारबाहीको लागि बरामद सामानलाई भन्सार कार्यालय नेपालगन्जमा बुझाएर थप अनुसन्धान अघि बढाइएको छ । बाँकेको खजुरा, जानकी गाउँपालिका क्षेत्र भारतसँग जोडिएका धेरै नाकामा प्रहरीले चेकजाँच कडा पारेको छ । बाँके […]

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन तापक्रम अत्याधिक बढ्ने प्रक्षेपण गरेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा अत्याधिक गर्मी बढ्ने अनुमान गर्दै महाशाखाले मंगलबारसम्म तातो हावाको अत्याधिक जोखिम रहेको जानकारी दिएको छ । महाशाखाले तातो हावा तथा लहरबाट बच्न चिसो स्थानमा बस्न, सकेसम्म घाममा नजान, हल्का र सुतीको कपडा […]

error: Content is protected !!