०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

नेपालको सहज जित

Logo
प्रकाशित सोमबार, फाल्गुण १५, २०७९

आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि सहज जित निकालेको छ ।

सोमबार भएको खेलमा नेपालले पीएनजीलाई ४ विकेटले हराएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेपालले ४५ ओभर २ बलमा ६ विकेट गुमाउँदै २०७ रन बनायो ।

नेपालका लागि कुशल भुर्तेलले ५६ रनको अर्धशतकीय पारी खेले । ६९ बल खेलेका उनले ५ चौका प्रहार गरे ।

त्यस्तै आरिफ शेखले रन बनाउँदा आसिफ शेखले ४४ रनको योगदान गरे । नेपालका लागि कप्तान रोहित कुमार पौड्यलले २० रन बनाउँदा दिपेन्द्र सिंह ऐरी १७ र कुशल मल्लले १२ रन बनाए ।

बलिङतर्फ पीएनजीका लागि असाड भालले तीन विकेट लिए । त्यस्तै नोरमान भानुवा र सेसे बाउले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २०३ रन बनाएको हो ।

पीएनजीका लागि काड सोपारले अविजित ३६ रन बनाए । त्यस्तै कप्तान असद भाला ३६ रन बनाउँदा सेसे बाउ पनि ३१ रनमा आउट भए ।

पीएनजीका किप्लिन डोरिगाले २९ रन बनाउँदा नर्मन भानुवाले २५ रन बनाए ।

नेपालका लागि गुलशन झाले तीन विकेट लिए । त्यस्तै कुशल मल्लले २ विकेट लिँदा करण केसी,सोमपाल कामी,प्रतिश जी.सीको नाममा समान एक÷एक विकेट रह्यो  ।

जितसँगै नेपालले २९ खेलमा २८ अंक जोडेको छ । यो जितले नेपालको एकदिवसीय मान्यता जोगाउन झनै सहज हुनेछ । अब नेपालले एकदिवसीय मान्यता जोगाउन चार खेल जित्नु पर्नेछ भने विश्वकप छनोटमा पुग्न ६ खेल जित्नु पर्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

फुटबल विश्वको सबैभन्दा लोकप्रिय खेल हो। विश्वका अरबौँ मानिसहरू प्रत्येक चार वर्षमा आयोजना हुने फुटबल विश्वकपको प्रतीक्षामा बस्ने गर्छन्। सन् २०२६ को विश्वकप नजिकिँदै जाँदा नेपालमा पनि फुटबलप्रेमीहरूको उत्साह बढ्दै गएको छ। विभिन्न स्थानमा विश्वकप हेर्नका लागि ठूला पर्दा, विशेष कार्यक्रम र प्रचारप्रसारका तयारी भइरहेका छन्। तर एउटा गम्भीर प्रश्न भने अझै पनि अनुत्तरित छ—हामी […]

दाङ । लुम्बिनी फुटबल एकेडेमीले आयोजना गरेको लुम्बिनी, डोल्पो, यौङ स्टार मैत्रिपूर्ण फुटबल खेल घोराहीमा भव्य रुपमा सम्पन्न भएको छ। पोखरा स्थित योङ स्टार, काठमाडौं स्थित डोल्पो क्लब, घोराही स्थित लुम्बिनी फुटबल एकेडेमी बीच १३ वर्ष र १६ वर्ष मुनिका खेलाडीहरू बीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा विजयीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव […]

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

error: Content is protected !!