०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
×

पत्रकार महासंघको भवन अगाडि मन्दिर: पत्रकार लुम्बिनी प्रदेशको कार्यालय अलपत्र अवस्थामा,मन्दिर मात्रै बनाएर उद्घाटन :

Logo
बिदुर एमसी प्रकाशित बिहिबार, आश्विन ०१, २०८३

दाङ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र अन्तरगत पर्ने भालुवाङ बजार नजिकै अर्घाखाँचीको सितगंगा नगरपालिका–८ सातमारामा विश्वकर्मा भगवानको मन्दिर निर्माण गरियो । आफ्नै बजेटमा त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले सामाजिक सामाजिक परोपकार सम्झिएर मन्दिरको निर्माण प्रक्रिया अगाडि बढाएको थियो ।

मन्दिर निर्माता त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिले करिब ६ लाख रकम बराबरको लागतमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको कार्यालय परिसरमा विश्वकर्मा मन्दिर निर्माण गरेको बताइएको छ ।

यातायात व्यवसायसँगै सामाजिक तथा धार्मिक क्षेत्रमा समेत योगदान पुर्‍याउने उद्देश्यले मन्दिर निर्माण गरिएको सो प्रालिले दाबी गरेको छ । असोज १ गतेका दिन विश्वकर्मा पूजाको अवसर पारेर बिहीबार एक कार्यक्रमका बीच नवनिर्मित मन्दिरको भवनको उद्घाटन गरिएको हो ।

त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालको अध्यक्षता तथा सितगंगा नगरपालिका–८ का वडा अध्यक्ष रूकेश आले मगरको प्रमुख आतिथ्यतामा उक्त मन्दिरको उद्घाटन गरिएको हो ।

मन्दिरमा विश्वकर्माको मूर्ति स्थापनाका लागि पनि प्रालिसँग सम्बन्धित व्यक्तिहरूले व्यक्तिगत रूपमा स्वेच्छिक रूपमा सहयोग गरेका छन् । प्रालिका प्रशासनिक सचिव नारायणप्रसाद न्यौपाने र भालुवाङ बुकिङ काउन्टरका लेखा इन्चार्ज मोहनकुमार श्रेष्ठले जनही २० हजार रकम गरी जम्मा ४० हजार रकम सहयोग गरेको पनि उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले आज  प्रकाशित गरेको सूचनाअनुसार  प्रहरी सहायक निरीक्षक (जनपद)तर्फ २११ पद असईमा नयाँ भर्ना आह्वान गरेकाे हाे ।  खुलातर्फ  ११४ जना मागेकाे छ भने  बाँकी पदहरू समावेशी समूहतर्फ राखिएको प्रहरीले जनाएको छ। असई पदका लागि […]

बाँके । नेपालगन्ज भारतबाट अवैध रुपमा भन्सार छली गरि ल्याइएको प्रतिबन्धित सामान खाने तेल ल्याउन पाइँदैन, प्रहरीले जफत नै गर्छ। यो नियम सबैका लागि बराबर हो। जमुनाहा नाकामा खटिएका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले आफ्नो ज्यान जोखिममा राखेर देशको कानुनको रक्षा गरिरहेका छन्। राज्यको कानुन कार्यान्वयन गर्ने राष्ट्रसेवक कर्मचारीमाथि हातपात र गालीगलौज गर्नु अत्यन्तै निन्दनीय […]

दाङ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र अन्तरगत पर्ने भालुवाङ बजार नजिकै अर्घाखाँचीको सितगंगा नगरपालिका–८ सातमारामा विश्वकर्मा भगवानको मन्दिर निर्माण गरियो । आफ्नै बजेटमा त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले सामाजिक सामाजिक परोपकार सम्झिएर मन्दिरको निर्माण प्रक्रिया अगाडि बढाएको थियो । मन्दिर निर्माता त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिले करिब ६ लाख रकम बराबरको लागतमा नेपाल पत्रकार महासंघ लुम्बिनी […]