०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
×

नेपाल प्रहरीकाे प्रहरी सहायक निरीक्षक असईमा नयाँ भर्ना खुल्यो,२११ जनाको माग,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आश्विन ०२, २०८३

काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना आह्वान गरेको छ ।

प्रहरी प्रधान कार्यालयले आज  प्रकाशित गरेको सूचनाअनुसार  प्रहरी सहायक निरीक्षक (जनपद)तर्फ २११ पद असईमा नयाँ भर्ना आह्वान गरेकाे हाे ।  खुलातर्फ  ११४ जना मागेकाे छ भने  बाँकी पदहरू समावेशी समूहतर्फ राखिएको प्रहरीले जनाएको छ।

असई पदका लागि असाेज १२ गतेदेखि कार्तिक ७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ।   उमेर हद २५ वर्ष  राखिएकाे छ ।

अनलाइनमार्फत दरखास्त दिन सकिने व्यवस्था गरिएको छ ।

इच्छुक उम्मेदवारले नेपाल प्रहरीको आधिकारिक वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

त्यस्तै, प्रहरीले प्रहरी कार्यालय सहयोगीका विभिन्न पदमा पनि नयाँ भर्ना खुलाएको छ । कार्यालय सहयोगीका विभिन्न श्रेणीतर्फ कुल १२३ पदमा दरखास्त आह्वान गरिएको हो ।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार कार्यालय सहयोगीअन्तर्गत भान्से पदमा ८३ जना, हजाम पदमा १५ जना र कुचीकार पदमा २५ जना माग गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले आज  प्रकाशित गरेको सूचनाअनुसार  प्रहरी सहायक निरीक्षक (जनपद)तर्फ २११ पद असईमा नयाँ भर्ना आह्वान गरेकाे हाे ।  खुलातर्फ  ११४ जना मागेकाे छ भने  बाँकी पदहरू समावेशी समूहतर्फ राखिएको प्रहरीले जनाएको छ। असई पदका लागि […]

बाँके । नेपालगन्ज भारतबाट अवैध रुपमा भन्सार छली गरि ल्याइएको प्रतिबन्धित सामान खाने तेल ल्याउन पाइँदैन, प्रहरीले जफत नै गर्छ। यो नियम सबैका लागि बराबर हो। जमुनाहा नाकामा खटिएका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले आफ्नो ज्यान जोखिममा राखेर देशको कानुनको रक्षा गरिरहेका छन्। राज्यको कानुन कार्यान्वयन गर्ने राष्ट्रसेवक कर्मचारीमाथि हातपात र गालीगलौज गर्नु अत्यन्तै निन्दनीय […]

दाङ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र अन्तरगत पर्ने भालुवाङ बजार नजिकै अर्घाखाँचीको सितगंगा नगरपालिका–८ सातमारामा विश्वकर्मा भगवानको मन्दिर निर्माण गरियो । आफ्नै बजेटमा त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले सामाजिक सामाजिक परोपकार सम्झिएर मन्दिरको निर्माण प्रक्रिया अगाडि बढाएको थियो । मन्दिर निर्माता त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिले करिब ६ लाख रकम बराबरको लागतमा नेपाल पत्रकार महासंघ लुम्बिनी […]