०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

कारागार भित्र जेलर र सुरक्षा कर्मीको सेटिङ्गमा हुन्छ जेल भित्र जुवा र रक्सी

Logo
प्रकाशित मंगलबार, फाल्गुण १६, २०७९

ABC (क्राईमबिट)                                                      इलाम । क्षमताभन्दा बढी कैदी राख्नेदेखि खानेपानी, शौचालय, स्वास्थ्यलगायत आधारभूत आवश्यकतामा देशभरका जेलको अवस्था नाजुक रहेको गुनासो आइरहँदा यहाँ ‘का कैदी–बन्दी भने इलाम कारागारलाई ‘सुधार गृह’का रूपमा रहेको बताउने गर्दथे ।

थप अपराधमा संलग्न नहुन र गरेको अपराधबाट सुधार्न कुनै पनि मुद्दामा दोषी ठहर भएका अथवा विचाराधीन मुद्दामा पुर्पक्षमा थुनामा कैदी–बन्दीलाई कारागारमा राखिन्छ ।

कारागारभित्र कानुनद्वारा वर्जित कुनै पनि गतिविधि, मदिरा सेवन, जुवातास तथा मोबाइल फोनसमेत प्रयोग गर्न पाइँदैन । तर, इलाम कारागारमा भने कानुनद्वारा वर्जित मदिरा, जुवातास तथा मोबाइल फोन प्रयोग हुने गरेको पाइएको छ ।

कैदीबन्दीले कारागार मदिरा सेवन र तासको अखडा बनाइरहेका छन् । कारागारभित्र निषेधित वस्तु प्रवेश हुनुमा कार्यालय कर्मचारी र सुरक्षाकर्मीको ‘सेटिङ’बिना सम्भव छैन ।

कैदी बन्दी बाहिर निस्कनै पाउँदैनन्, निस्किँदा पनि प्रहरीले हतकडी लगाएर कामको प्रयोजनका लागि लाने गरिन्छ ।

बाहिरका मान्छेले खानेकुरा कैदीलाई लैजाँदा लगेका सामान सबै हेरेर लैजाने व्यक्तिले चाखेपछि मात्रै प्रवेश गराइन्छ ।

तर, इलाम कारागारमा ‘सेटिङ’बाटै मदिरा भित्रने गरेको पाइएको छ । कैदी–बन्दी मदिरा सेवन, तास र चुरोट प्रयोग गरिरहेको भिडियोसमेत बाहिरिएको छ ।

जिल्ला कारागार इलामका जेलर सुमित मगर सो भिडियो कारागारभित्रकै रहेको स्वीकार गर्छन् ।

उनका अनुसार सो दृश्य इलाम कारागारकै रहेको र त्यहाँ देखिएका केही कैदी–बन्दी अहिले पनि यहीँ छन् । केही छुटेर र सरुवा भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नारायणघात । चितवनमा जारी रास्वपा महाधिवेशन र प्रधानमन्त्रीको भ्रमणका कारण बढेको भीडभाड, ट्राफिक र समसामयिक सुरक्षा अवस्थाबारे फिल्डबाटै जानकारी लिनुभयो सुरक्षा व्यवस्थापन*: भिभिआइपी सुरक्षादेखि सर्वसाधारणको आवतजावतसम्मलाई कसरी सहज र सुरक्षित बनाउने भन्ने योजना समीक्षा गरियो प्रहरी अधिकृतहरूसँग छलफल*: जिल्ला प्रहरी कार्यालय चितवनका एसपी, डिएसपी लगायत फिल्डमा खटिएका अधिकृतहरूसँग बस्नुभयो निर्देशन*: सुरक्षा व्यवस्थापनलाई *थप प्रभावकारी, उत्तरदायी […]

बाँके । नेपालगन्ज आसपासको सीमावर्ती क्षेत्र र भित्री बजारमा छापा मार्दा सामान भन्सार नतिरी ल्याइएको इलेक्ट्रोनिक्स, कपडा, सौन्दर्य प्रसाधन, किराना लगायतका वस्तु लाखौं मुल्यको समानहरु कारबाहीको लागि बरामद सामानलाई भन्सार कार्यालय नेपालगन्जमा बुझाएर थप अनुसन्धान अघि बढाइएको छ । बाँकेको खजुरा, जानकी गाउँपालिका क्षेत्र भारतसँग जोडिएका धेरै नाकामा प्रहरीले चेकजाँच कडा पारेको छ । बाँके […]

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन तापक्रम अत्याधिक बढ्ने प्रक्षेपण गरेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा अत्याधिक गर्मी बढ्ने अनुमान गर्दै महाशाखाले मंगलबारसम्म तातो हावाको अत्याधिक जोखिम रहेको जानकारी दिएको छ । महाशाखाले तातो हावा तथा लहरबाट बच्न चिसो स्थानमा बस्न, सकेसम्म घाममा नजान, हल्का र सुतीको कपडा […]

error: Content is protected !!