०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

नगर प्रहरी प्रमुखलाई आक्रमण गर्ने दुई जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १९, २०७९

ABC (क्राईमबिट)                                          थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्वासी बस्तीमा काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुकुम बहादुर लामा र नारायण परिश्रमिक छन् । नारायणलाई सुनसरीबाट र हुकुम बहादुर लामालाई काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले  बताए ।मङ्सिर १२ मा थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्वासी बस्ती हटाउन खोज्दा उनीहरूले ढुंगामुढा गरेका थिए । महानगरपालिकाको प्रहरी टोलीलाई  घरेलु हतियार सहित प्रदर्शनमा उत्रिएका सुकुम्बासीलेहरुले आक्रमण गर्दा पाण्डे सहितका प्रहरी घाइते भएका थिए ।महानगरपालिकाले दिएको जाहेरीका आधारमा प्रहरीले अरोपीहरुविरुद्ध ज्यान मार्ने उद्योग र आपराधिक उपद्रो कसुरमा मुद्दा दर्ता गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन तापक्रम अत्याधिक बढ्ने प्रक्षेपण गरेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा अत्याधिक गर्मी बढ्ने अनुमान गर्दै महाशाखाले मंगलबारसम्म तातो हावाको अत्याधिक जोखिम रहेको जानकारी दिएको छ । महाशाखाले तातो हावा तथा लहरबाट बच्न चिसो स्थानमा बस्न, सकेसम्म घाममा नजान, हल्का र सुतीको कपडा […]

चितवन । चलिरहेको *रास्वपा महाधिवेशन* को उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछानेले कार्यकर्तालाई ढुक्क हुन आग्रह गरे। *रवि लामिछानेको मुख्य भनाइ:* > *”ढुक्क हुनुस्, देश रास्वपाको हातमा छ, सुरक्षित छ”* उनले थप भनेका कुरा: 1. *आशा र भरोसा*: रास्वपा जनताको विकल्प बनेर आएको हो। पुरानो राजनीतिक शैलीको विकल्प दिने पार्टी भएकाले कार्यकर्ता र जनताले आत्तिनुपर्दैन। […]

चितवन । नारायणगढमा नयाँ दलको रूपमा आएको रास्वपाको उदयलाई लोकतान्त्रिक प्रक्रियाको हिस्सा भने – भ्रष्टाचार, सुशासन र पारदर्शिताको मुद्दामा सरकारले काम गरिरहेको दाबी – प्रतिपक्षलाई “विरोधका लागि विरोध नगर्न” सुझाव – महाधिवेशनबाट रास्वपाले देशहितका ठोस एजेन्डा ल्याओस् भन्ने शुभकामना जनताको काम गर्ने हिम्मत भए राजनीति गर्न सजिलो हुन्छ” भने नयाँ पुस्तालाई राजनीतिमा आउन र पुरानो […]

error: Content is protected !!