०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

नेपाल प्रहरी आइजिपी छान्न प्रधानमन्त्री दहाललाई सकस को बन्दै छ आईजिपी

Logo
प्रकाशित मंगलबार, फाल्गुण २३, २०७९

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा भावी नेतृत्व चयन प्रक्रिया अन्योलमा परेको छ । हालका प्रहरी महानिरीक्षक लगायत उच्च अधिकारीले अवकाश पाउन करिब दुई साता मात्र बाँकी रहँदा पनि एआइजी बढुवाकै प्रक्रिया सुरु हुन सकेको छैन ।

एआइजीका पाँच दरबन्दी रिक्त रहेपनि सरकारले बढुवामा ढिलाई हुँदा भावी नेतृत्व चयन प्रभावित बनेको हो । स्रोतका अनुसार गृह मन्त्रालय समेत सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई एआइजी बढुवामा सकस परेको छ । यसअघि उनले अशोक सिंहलाई पहिलो नम्बरमा बढुवा गर्न खोजेका थिए । तर, उनले जन्ममिति ढाटेर जागिर खाएको खुलेपछि राजीनामाको बाटो रोजिसकेका छन् । बाँकीमध्येमा कसलाई बढुवा गर्ने भन्ने तय हुन सकेको छैन ।

वरियतामा बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भिम ढकाल, राजदत्त जोशी, पोषराज पोखरेल, बुद्धीराज गुरुङ दुर्गा सिंह र किरण राणा रहेका छन् । उनीहरुमध्ये अन्य केही पनि जन्ममिति विवादमा परिसकेका छन् । जसअनुसार आइजिपीमा टप पाँचमध्येबाटै छनोट हुने सम्भावना छ । पहिलो नम्बरमा रहेका कुँवर कांग्रेस निकट भनेर चिनिन्छन् । उनलाई आइजिपी धिरजप्रताप सिंहले पनि रुचाएका छन् । दोस्रो नम्बरका राई इमान्दार भएपनि राजनीतिक पहुँच कमजोर छ । तेस्रो नम्बरका दीपक थापा प्रधानमन्त्रीका निकटस्थ मानिन्छन् । चौथो नम्बरमा श्यामलाल ज्ञवाली पनि बलिया दाबेदार मानिन्छन् । पाँचौँ नम्बरकी किरण बज्राचार्य पनि प्रहरीमा पहिलो महिला आइजिपीका रुपमा इतिहास रच्ने प्रयासमा छन् । तर, कसलाई आइजिपीमा अघि बढाउने भन्नेमा सहमति हुन नसक्दा महिनौँदेखि एआइजीका पद रिक्त हुन पुगेका छन् ।

एमाले सरकारबाट बाहिरिएको तथा कांग्रेस सरकारमा सहभागी नभएकाले माओवादीको एकलौटी जस्तो सरकार छ । यद्यपि, प्रधानमन्त्री प्रचण्ड कांग्रेससँग छलफल गरेरै आइजिपी नियुक्ति गर्ने पक्षमा छन् । अघिल्लोपटक आइजिपी नियुक्ति गर्दा प्रचण्ड विवादमा फसेकाले यसपटक विवादमुक्त निर्णय गर्ने प्रयासमा छन् । अहिले आइजिपीका दाबेदारहरु गत असारमा मात्र डिआइजी भएका थिए । डिआइजीमा काम गरेको एक वर्ष पनि अवधि नपुगी उनीहरु आइजिपीको प्रतिस्पर्धामा छन् । यस्तो अवस्थामा प्रहरी नेतृत्व कमजोर हुने भएकाले ३० वर्षे सेवाहद हटाएर अहिलेकै आइजिपीलाई निरन्तरता दिने विषयमा पनि छलफल भइरहेको स्रोत बताउँछ ।

त्यसरी एकैपटक सेवाहद हटाउन केही ब्याचलाई ठूलो मर्का पर्न सक्ने भएकाले यो विषयमा निर्णय गर्न पनि सहज छैन । त्यसकारण नेपाल प्रहरीमा नेतृत्व चयन प्रक्रिया समयमै नहुँदा विगतमा जस्तै यसपटक पनि विवादमा पर्ने सम्भावना देखिएको छ । ३० वर्षे सेवाहदका कारण आइजिपी सिंहसहित सबै एआइजीले १० चैतदेखि अवकाश पाउनेछन् ।दृष्टि

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन तापक्रम अत्याधिक बढ्ने प्रक्षेपण गरेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा अत्याधिक गर्मी बढ्ने अनुमान गर्दै महाशाखाले मंगलबारसम्म तातो हावाको अत्याधिक जोखिम रहेको जानकारी दिएको छ । महाशाखाले तातो हावा तथा लहरबाट बच्न चिसो स्थानमा बस्न, सकेसम्म घाममा नजान, हल्का र सुतीको कपडा […]

चितवन । चलिरहेको *रास्वपा महाधिवेशन* को उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछानेले कार्यकर्तालाई ढुक्क हुन आग्रह गरे। *रवि लामिछानेको मुख्य भनाइ:* > *”ढुक्क हुनुस्, देश रास्वपाको हातमा छ, सुरक्षित छ”* उनले थप भनेका कुरा: 1. *आशा र भरोसा*: रास्वपा जनताको विकल्प बनेर आएको हो। पुरानो राजनीतिक शैलीको विकल्प दिने पार्टी भएकाले कार्यकर्ता र जनताले आत्तिनुपर्दैन। […]

चितवन । नारायणगढमा नयाँ दलको रूपमा आएको रास्वपाको उदयलाई लोकतान्त्रिक प्रक्रियाको हिस्सा भने – भ्रष्टाचार, सुशासन र पारदर्शिताको मुद्दामा सरकारले काम गरिरहेको दाबी – प्रतिपक्षलाई “विरोधका लागि विरोध नगर्न” सुझाव – महाधिवेशनबाट रास्वपाले देशहितका ठोस एजेन्डा ल्याओस् भन्ने शुभकामना जनताको काम गर्ने हिम्मत भए राजनीति गर्न सजिलो हुन्छ” भने नयाँ पुस्तालाई राजनीतिमा आउन र पुरानो […]

error: Content is protected !!