०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

एपीएफ ब्याण्ड र ब्रिटिस गोर्खा ब्याण्डद्वारा संयुक्त सांगितीक प्रस्तुती सम्पन्न

Logo
प्रकाशित बिहिबार, फाल्गुण २५, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा बिहिबार एपीएफ ब्याण्ड र ब्रिटिस गोर्खा ब्याण्डको संयुक्त सांगितीक प्रस्तुती सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालको ब्याण्ड र ब्रिटिस गोर्खा ब्याण्डबीच बिगतदेखि नै निरन्तर रुपमा सांगितीक प्रस्तुती तथा प्रशिक्षणको आयोजना हुँदै आएको स्मरण गर्नुहुँदै यस्ता किसिमका कार्यक्रमले दुई देश र संगठनहरु बीच भएको सुमधुर सम्बन्धलाई प्रगाढ बनाउन महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले एपीएफ ब्याण्ड र ब्रिटिस गोर्खा ब्याण्ड बीचको संयुक्त प्रस्तुती सशस्त्र प्रहरी बल, नेपाल र ब्रिटिस गोर्खा बीचको बलियो बन्धनको प्रतिक तथा एक आपसमा भईरहेको सहकार्यको एउटा उदाहरण समेत रहेको बताउनुहुँदै यस किसिमको कार्यक्रम आगामी दिनहरुमा समेत निरन्तर भईरहने विश्वास व्यक्त गर्नुभयो । महानिरीक्षक अर्यालले संयुक्त ब्याण्ड टिमका सदस्यहरुले प्रस्तुत गरेका उत्कृष्ट सांगितीक धुनको प्रशंसा गर्नुहुँदै धन्यवाद समेत दिनुभएको थियो । उक्त कार्यक्रममा दुई वटै देशका विभिन्न गितहरुको सुमधुर सांगितीक धुनहरु प्रस्तुत गरिएको थियो । सोही कार्यक्रममा महानिरीक्षक अर्यालले British Gurkhas Band की Music Director Captain Esther Hayesलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम, बंशीराज दाहाल, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा बेलायती राजदुतावासका प्रतिनिधि लेफ्टिनेन्ट कर्णेल कमल गुरुङ्ग लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत, बिल्लादार तथा जवानहरुको समेत उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । चलिरहेको रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह नारायणगढ पुगेका छन् । महाधिवेशन स्थलमा पानी जमेर अलिकति अवरोध भएको थियो, उपस्थितिले कार्यक्रमलाई थप चासो दिएको छ। प्रधानमन्त्रीले उद्घाटन/सम्बोधन गर्ने र बालेनले सहभागी भएर शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री बालेन साह र पार्टी सभापति रवी लामिछाने एउटै कार्यक्रममा सँगै देखिनुले राजनीतिक र […]

चितवन । पार्टी स्थापनाको चार वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए । स्थापनाको चार वर्ष नपुग्दै रास्वपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर […]

बाजुरा । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो। दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए। उनीहरू मध्ये २३ जनालाई उपचारका लागि […]

error: Content is protected !!