२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बिराटनगरको ५ वटा क्षेत्रमा कुनैपनि सभा जुलुसमा प्रशासनले निषेधिक क्षेत्र तोक्यो

Logo
प्रकाशित शनिबार, चैत्र ०४, २०७९

 ABC (क्राईमबिट) मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश राजधानी विराटनगरको मुख्य ५ क्षेत्रहरुलाई निषेधिक क्षेत्र ताकेको छ ।

प्रदेश सभा अन्तर्गत पूर्वमा देबकोटा चोकदेखि कोशी अस्पताल चोकसम्मको क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रोडशेष चोकदेखि जतुवा चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र कायम गरेको छ ।

त्यस्तै, मुख्यमन्त्री निवास परिपरि ३०० मिटरसम्मको क्षेत्र प्रदेश प्रमुखको कार्यालय तथा निवास परिपरिः ३०० मिटरसम्मको क्षेत्र र जिल्ला प्रशासन कार्यालय मोरङः डाँफे चोकदेखि पूर्वको क्षेत्रलाई पनि निषेधित क्षेत्र तोकिएको छ ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी भट्टराईले जरुरी सूचना जारी गर्दै कोशी प्रदेश नामाकरण पश्यात असहमत विविध समूह तथा पक्षबाट विरोध, धर्ना जुलुस आयोजना गरी शान्ति सुरक्षामा असर पार्न सक्ने भएकाले सुरक्षा जोखिमलाई मध्यनगर गर्दै निशेधित क्षेत्र तोकिएको हो ।

चैत ५ गते विहान ६ वजेदेखि अर्को आदेश नभएसम्म कुनै पनि सभा जुलुस, भेला, धर्नाजस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३क) बमोजिम निषेध गरिएकोले प्रशासनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले मानवअधिकारका लागि प्रदेश समन्वय समितिको सदस्यमा केशव भुसाललाई मनोनीत गरेको छ । यसअघि नागरिक समाजको रुपमा काम गर्दै आएका भुसाललाई नागरिक समाज तथा मानवअधिकार दुबै जिम्मेवारी सम्हाल्नेछन् । लुम्बिनी प्रदेशको राजधानी केन्द्रका रूपमा रहेको राप्ती गाउँपालिका – १, पाखापानी निवासी भुसाल नेपाल सरकारबाट स्वीकृत पाँच वर्षका लागि मानवअधिकार सम्बन्धि […]

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]