२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

सरकारमा जाने निर्णय कांग्रेस संसदीय दलको बैठक आईतबार बस्दै

Logo
प्रकाशित आइतबार, चैत्र ०५, २०७९

(ABC-Sanchar)
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे बैठक बस्ने लागेको हो ।आजको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । संसदीय दलको बैठकअघि अनजै कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बस्दै छ । सङ्घीय संसद् भवनको शङ्कर हलमा बिहान १०ः३० बजे बैठक बस्ने छ ।

कांग्रेस कार्यसम्पादन र संसदीय दलको बैठकबाट सरकारमा जाने निर्णय गर्ने कांग्रेस महामन्त्री गगन थापाले बताए । यसअघि संसदमा कांग्रेस र एमालेले प्रमुख प्रतिपक्षी दाबी गर्दा संसद बैठक प्रभावित भएको थियो । कांग्रेसले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गर्ने महामन्त्री थापाको भनाइ छ ।

गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमै बसेको थियो। राष्ट्रपति निर्वाचनमा पुस १० को सत्ता समीकरणमा फेरबदल आएर एमाले प्रतिपक्षी कित्तामा पुगेको छ । प्रचण्ड नेतृत्वको सरकारबाट मन्त्री फिताए बोलाएर एमालेले समर्थन पनि फिर्ता लिसकेको छ । आजको संसद बैठकमा कांंग्रेस सत्ता पक्षको बेन्चमा बस्दा एमाले विपक्षी बेन्चमा बस्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!