०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

शुक्रबारदेखि नेपाल प्रहरीको आइजीपी को भन्छ ? प्रधानमन्त्री प्रचण्डको हातमा

Logo
प्रकाशित बिहिबार, चैत्र ०९, २०७९

ABC (क्राईमबिट) काठमाडौं । शुक्रबारदेखि नेपाल प्रहरीमा नेतृत्व परिवर्तन हुने भएको छ । ३० वर्षे सेवा अवधिका कारण आइजीपी धीरज प्रताप सिंह शुक्रबारदेखि अवकासमा जाने भएपछि नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुने भएको हो ।

नयाँ आइजीपीका लागि सोमबार बढुवा भएका एआइजी वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा छन् । उनीहरू पाँच जना मध्येबाटै एक जना नयाँ आइजिपी नियुक्ति हुने छन् ।

सोमबार एआइजी भएका पाँचै जना गत असारमा मात्र डिआइजी भएका थिए । एक वर्ष नपुग्दै एआइजी भएर उनीहरूमध्ये एक जना आइजिपी हुँदै छन् ।

एआइजीमा बढुवा भएपछि आइजिपी सिंहबाट बुधबार दर्ज्यानी चिह्न लगाएलगत्तै उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ […]

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

error: Content is protected !!