०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

नेपाल प्रहरीको रित्त रहेको एआईजीको प्रतिस्पर्धामा ११ जना डीआईजीहरु

Logo
प्रकाशित सोमबार, चैत्र १३, २०७९

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा शनिबारदेखि ४ जना अतिरिक्त महानिरीक्षक एआईजी पद रिक्त भएको छ । तीन जनाको अवकाश र एक जना आईजीपी बनेपछि एआईजीको चार दरबन्दी रिक्त भएको हो ।

नेपाल प्रहरीमा जनपदतर्फ ८ जना एआईजीको दरबन्दी छ । तत्कालिन आइजीपी धिरजप्रताप सिंह उमेरहदका कारण प्रहरी संगठनबाट बाहिरएसँगै सरकारले बुधबार मात्रै दज्यानी चिन्ह लगाएका एआईजी बसन्त कुँवरलाई आइजीपी नियुक्त गरेको छ ।

अन्य तीन एआईजीहरु सहकुल थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी भने ३० वर्षे सेवाअवधिका कारण हिजो शनिबारदेखि अनिवार्य अवकाशमा गएका हुन् ।

उनीहरुसँगै तीन डीआईजी मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, एसएसपी जनक पाण्डे र उमाशंकर पञ्जियारले पनि अवकाश पाएका छन् ।

उनीहरु सबै आईजीपी धिरजप्रताप सिंहकै ब्याची हुन् । रिक्त ४ एआईजीका लागि ११ डीआईजी प्रतिस्पर्धामा छन् । उनीहरु हालै एआईजीमा बढुवा भएका ५ जनाकै ब्याची हुन् । वसन्त कुँवर र दीपक थापासँगै भर्ना भएका डीआईजीहरु एआईजीका प्रतिस्पर्धी हुन् ।

सँगै डीआईजीमा १७ जना बढुवा भए पनि सरकारले ५ जना एआईजीमा शीर्ष वरीयतामा रहेकालाई बढुवा गरेको छ । तेस्रो नम्बरका डीआईजी अशोक सिंहले उमेर विवादका कारण राजीनामा दिइसकेका छन् । डीआईजीमा सातौँ नम्बरमा बढुवा भएका सन्दीप भण्डारीदेखि १७ औँ नम्बरकी किरण राणासम्म एआईजीका दाबेदार छन् ।

भण्डारीसँगै सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा एआईजीको प्रतिस्पर्धामा छन् ।

अहिले एआईजीमा बढुवा नहुनेहरु डीआईजीबाटै अवकाश हुने सम्भावना बढी छ । ३० वर्षे हटेमा भने उमेर रहनेहरु थप सेवामा हुने छन् । उनीहरु गत असार दोस्रो साता डीआईजीमा बढुवा बढुवा भएका थिए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ […]

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

error: Content is protected !!