ABC (क्राईमबिट) काठमाडौं । वनभोजका क्रममा थापा सहित ३ जनाले आफूलाई कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले उनीहरु बिरुद्ध उजुरी दिएका हुन् ।
क्षेत्रीले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएको प्रहरीले जनाएको छ ।
क्षेत्रीले वनभोजका क्रममा वादविवाद हुने क्रममा आफूलाई मोडल थापा सहित ३ जनाले कुटपिट गरेको र आफूले लगाएको सुनको सिक्री समेत लुछेको उल्लेख गरेका छन् । प्रहरीले दुवै पक्षलाई छलफलका लागि मंगलबार बोलाएको छ ।