०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

स्वास्थ्य मन्त्रालयको सचिवमा डा बिकास देवकोटा बढुवा

Logo
प्रकाशित मंगलबार, चैत्र १४, २०७९

(ABC-Sanchar)
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त रहेको १२औं तहमा दुई जना बढुवा भएका छन्। सरकारले डा विकास देवकोटा र डा टंक बाराकोटीलाई १२औं तहको अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका एक कर्मचारीका अनुसार मन्त्रिपरिषदको बैठकले केही समयअघि बढुवा सिमितिले सिफारिस गरेका तीन जनामध्ये डा देवकोटा र डा बाराकोटीलाई बढुवा गर्ने निर्णय गरेको जानकारी दिए।
मन्त्रिपरिषदले निर्णय गरे पनि उनीहरुले अहिलेसम्म पत्र भने बुझिसकेका छैनन्।

मन्त्रालयको रिक्त १२ औं तहका लागि २१ जनाले आवेदन दिएका थिए। तीमध्ये बढुवा समितिले डा देवकोटा, डा बाराकोटी र डा श्रीकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो।
१२औं तहमा बढुवा भएकामध्ये डा देवकोटा हाल लुम्बिनी स्वास्थ्य मन्त्रालयको सचिवका रुपमा कार्यरत छन् भने डा बाराकोटी प्रदेश अस्पताल भद्रपुरमा कार्यरत छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ […]

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

error: Content is protected !!