०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

वीरगन्जमा उद्योगीको कालाबजारी २ उद्योग सिल ९१ लाखको ड्राइफुड्स जफत

Logo
प्रकाशित मंगलबार, चैत्र १४, २०७९

ABC (क्राईमबिट)
पर्सा । वीरगन्जमा म्याद गुज्रिएका डेट एक्सपायर खाद्यवस्तु रिप्याकिङ गरेर बजारमा बेच्ने दुईवटा उद्योगमा प्रहरीले छापा मारेर सिल गरेको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर १३ श्रीपुर स्थित श्रवण रुङगटाको घरमा सन्चालित फुडको नेपाल प्रालि र स्न्याक एण्ड प्याक इण्डिस्ट्रजमा मंगलबार प्रहरीले छापा मारेर सिल गरेको हो ।

रुङगटाको घर भाडामा लिएर सन्जय अग्रवाल , विद्या सरावगी र सन्तोष अग्रवालले संयुक्त रुपमा सन्चालन गरेका दुई उद्याोगमा छापा मारेर सिल गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।म्याद गुज्रिएर खान अयोग्य भएका खाद्यवस्तुहरु रिलेब्लीङ र रिप्याकिङ गरेर बजारमा बिक्री गर्दै आएको सुचनाको आधारमा मंगलबार उद्योगमा छापा मारिएको उनले बताए ।

दुवै उद्योगमा गरि करिब ९१ लाख रुपैया मुल्यको म्याद गुज्रिएका ड्राइ फुड्स (लालमोहन, चिप्स ,चकलेट , ससेज, जाम , फुलनदाना इत्यादि) बरामद भएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय र वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयबाट खटिएको टोलीले उद्योगमा छापा मारेर खानतलाशी गर्दा म्याद गुज्रिएका ड्राइफुड्सहरु मिति थपेर रिलेबलीङ र रिप्याकिङ गरि बजारमा आपुर्ति गर्दै आएको भेटिएकोले उद्योग र गोदाममा सिल गरिएको गिरिले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ […]

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

error: Content is protected !!