०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

३ डीआईजीको सरुवा लुम्बिनीमा जोशी बागमतीमा सिंह २ नम्बर प्रदेशमा राणा

Logo
प्रकाशित बुधबार, चैत्र १५, २०७९

ABC (क्राईमबिट) काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरेको छ ।

उच्च स्रोतका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले अपराध अनुसन्धान बिभागमा कार्यरत डीआईजी उमेशराज जोशीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्रमुखमा सरुवा गरिएको छ ।

त्यस्तै नेपाल प्रहरी शिक्षालय भरतपुरको प्रमुख रहेकी डीआईजी दुर्गा सिंहको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रमुख रहेकी डीआईजी किरण राणाको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा सरुवा भएको छ ।

यो पनि पढ्नुहोस्…कोशी प्रदेश प्रहरी प्रमुखमा बास्तोला, सुदुरपश्चिममा बोहरा

गृह मन्त्रालयले (हिजो) सोमबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोला र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहरालाई खटाइसकेको छ ।

केहिदिनमै प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा हुन लागेका बास्तोला र बोहरालाई बढुवापश्चात् हाल खटाइएको कार्यालयमै पदस्थापन गर्ने गरि काजमा खटाइएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ […]

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

error: Content is protected !!