०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

नेपालीहरुलाई अनलाइनमार्फत ठगी गर्ने चिनियाँसहित १९ जना पक्राउ

Logo
प्रकाशित बुधबार, चैत्र १५, २०७९

ABC (क्राईमबिट) काठमाडौं । अनलाइनमार्फत ठगी कार्यमा संलग्न आरोपमा नौ चिनियाँ नागरिकसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । बुधबार उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

राजधानीमा अवैधरुपमा अफिस सञ्चालन गर्दै उनीहरुले ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिसँग कुराकानी गरी टेलिग्राममा अपरेशन टिचर नामक च्यानलमार्फत कक्षा सञ्चालन गरेर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा ९ चिनियाँ र १० नेपाली रहेका छन् । उनीहरुलाई बूढानीलकण्ड र चण्डोल क्षेत्रबाट पक्राउ गरिएको पनि प्ररहीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ […]

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

error: Content is protected !!