२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

प्रचण्डलाई दोस्रो पटक विश्वासको मत दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले पाएन मन्त्री

Logo
प्रकाशित बुधबार, चैत्र १५, २०७९

(ABC-Sanchar) काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुनः सहभागी हुन नपाउने भएको छ । बुधबार साँझ बालुवाटारमा बसेको दश दलीय गठबन्धनको बैठकले ९ दल सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

सरकारमा सहभागी हुनेमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टी र नेपाल समाजवादी पार्टी रहेका छन् । गठबन्धन भएको मन्त्रालयको भागबण्डा अनुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको रास्वपा भने सरकारमा सहभागी हुन नपाउने भएको छ । पुस १० मा बनेको सत्ता समीकरण अनुसार उपप्रधानसहित ३ मन्त्री र एक राज्यमन्त्री लिएर रास्वपा सरकारमा सहभागी भएको थियो ।

तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नागरिकता प्रकरणमा दोषी ठहर भएपछि पदबाट राजीनामा दिए । उनको सांसद खारेज हुँदा उपप्रधान तथा गृहमन्त्रीबाट पनि रविले बाहिरिएका थिए ।

नागरिकता पुनः प्राप्तिपछि सरकारमा जान रविले प्रयास गरेपनि प्रधानमन्त्री प्रचण्ड तयार भएनन् । त्यसपछि रास्वपा माघ २२ गते सरकारबाट बाहिरिएको थियो । सरकारबाट समर्थन फिर्ता नलिएर रास्वापाले पुनः सरकार सहभागी हुने आधार कायमै राखेको थियो । सोही रास्वपाले अनुसार चैत ६ गते प्रधानमन्त्रीलाई दोस्रो पटक विश्वासको पनि दिएको थियो । तर आज सत्ता गठबन्धनमा भएको मन्त्रालय भागबण्डामा रास्वपा छुटेको छ । कांग्रेस ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, एकीकृत २ र जसपालाई २ मन्त्रालय पाउने सहमति भएको छ । यस्तै जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!