०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

हेटौंडामा नेपाल प्रहरीको गाडीले ४ वटा बाईकलाई ठक्कर दिएपछी तनावग्रस्त

Logo
प्रकाशित बिहिबार, चैत्र १६, २०७९

 ABC (क्राईमबिट) हेटौंडा । केहि समय अघि बुद्धचोक नजिक प्रहरीको गाडीले मोटरसाइकललाई एकसाथ ठक्कर दिएर चौकीटोल तर्फ भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरीको गाडीले ४ मोटरसाइकललाई ठक्कर दिएपछि अहिले स्थानीय सडकमा उत्रिएका छन् उनीहरुले नाराबाजी गरिरहेका छन् ।
प्रहरीका अनुसार गाडीको ठक्करबाट २ जना घाइते भएका छन् । एक जनालाई उपचारकोलागी हेटौडा अस्पताल र अर्कालाई हेटौडा मोडल अस्पताल लागिएको छ । ठक्कर दिने गाडी जिल्ला प्रहरी कार्यालयमा रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार २ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेकको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ […]

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

error: Content is protected !!