ABC (क्राईमबिट) काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७९ चैत ६ गतेको निर्णय अनुसार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सरुवा हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी टेक प्रसाद राईले चैत १६ गतेबाट यस प्रतिष्ठानका कार्यकारी निर्देशकको पद ग्रहण गरी जिम्मेवारी सम्हाल्नु भएको छ ।
कार्यकारी निर्देशकज्यूलाई यस प्रतिष्ठानका सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृत तथा अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरुद्वारा स्वागत गरिएको थियो ।
सोही अवसरमा कार्यकारी निर्देशक समक्ष प्रतिष्ठानको समग्र गतिविधि समेटी तयार पारिएको प्रस्तुतीकरण प्रस्तुत गरिएको थियो
। प्रस्तुतीकरण पश्चात यस प्रतिष्ठानका सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई प्रतिष्ठानको
श्रीवृद्धीको लागी प्रतिष्ठानमा कार्यरत प्रहरी कर्मचारीहरू सर्वपक्षमा योग्य र नमुनायोग्य हुनु पर्नेमा जोड दिनुका साथै ईमान्दार, कर्तव्यनिष्ठ र व्यवसायिक भई कार्य सम्पादन गर्न समेत निर्देशन दिनु भएको थियो ।