०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

लागुऔषध कोकिनसहित २ जना भारतीय महिलाहरु पक्राउ

Logo
प्रकाशित बिहिबार, चैत्र १६, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । बिहीवार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले हवाई मार्ग हुँदै नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट भारतको नयाँ दिल्ली लैजन लागेको लागुऔषध कोकिनसहित २ जना भारतीय महिलालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

एक जनालाई विमानस्थलबाट पक्राउ गरिएको हो भने अर्का एक जनालाई काठमाडौंको ठमेलस्थित होटलबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले बताए।

उनका अनुसार पक्राउ परेका दुई भारतीय नागरिकलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले चैत्र १४ गते अनुमानित ११ बजेर १५ मिनेटमा यण्डिगो एयरलाइन्सबाट त्रिभुवन विमानस्थल हुँदै काठमाडौंबाट भातको नयाँ दिल्ली जान लागेको सरचिप मेजोरम ठेगाना भएकी वर्ष ४५ की भल्लालामीले साथमा बोकेको लगेज शंका लागेर खोल्दा ४ वटा लेडिज ब्यागमा फ्लसबटम बनाइ भारतको नयाँ दिल्लीतर्फ निकासी गर्न लागेको अवस्थामा लागु औषध केकिन २.८८७ के.जी. सहति पक्राउ गरिएको बताए।

त्यस्तै विशेष सूचनाको आधारमा चैत्र १४ गते अनुमानित ५ः१५ बजेको समयमा काठमाडौं २६ ठमेलस्थित होटलबाट सोही ठेगाना भएकी वर्ष २९ की इस्टर लालिम्पुरीको साथमा रहेको रहेको सुटकेस भित्र फ्ल्सबटम बनाइ लुकाइछिपाइ राखिएको अवस्थामा लागुऔषध कोकिन ५ किलोग्रामसहित पक्राउ गरिएको बताए।
अवैध कोकिनको बजारमूल्य १७ करोड ३ लाख ५१ हजार २ सय रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ […]

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

error: Content is protected !!