ABC (क्राईमबिट)
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद को निर्णय अनुसार प्रहरी नायव महानिरीक्षक पदबाट प्रहरी अतिरीक्त महानिरीक्षक पदमा बढुवा भई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापना हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले आज पदभार ग्रहण गर्नु भएको छ
। पदभार ग्रहण पश्चात उपस्थित प्रहरी कर्मचारीहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिनु भएको छ । प्रहरी अतिरीक्त महानिरीक्षक ज्ञवालीलाई प्रहरी अधिकृत तथा जवानहरूले स्वागत गर्नु भएको थियो ।