०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

पत्रकार एन्जिनालाई फसाउने पैसाको वार्गेनिङ गर्ने डिएसपी दिलबहादुर विरुद्ध मुद्दा दर्ता गर्दै

Logo
प्रकाशित शुक्रबार, चैत्र १७, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । पैसाको वार्गेनिङ गर्ने डिएसपी विरुद्ध मुद्दा दर्ता गर्दै पत्रकार एन्जिना कार्की
काठमाण्डौंको शिवशिखर सहकारी संस्थासँग पैसाको वार्गेनिङ गरेको आरोपमा अदालतबाट सफाई पाएकी पत्रकार एन्जिला कार्कीले महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडका डिएपी दिलवहादुर मल्ल विरुद्ध मुद्दा हाल्ने तयारी गरेकी छिन् ।

आफुलाई अनाहकमा पक्राउ गरेर हिरासतमा राखेको, २८ दिनसम्म मानसिक रुपमा प्रताडित गरेको र मुद्दा मिलाई दिन्छु भन्दै पैसाको वार्गेनिङ गरेको आरोपमा कार्कीले मल्ल विरुद्ध मुद्दा दर्ता गर्न लागेकी हुन। एउटा सहकारीका कर्मचारीको षडयन्त्रमा परेर आफुलाई प्रहरीले नियोजित रुपमा फसाएको उनले आरोप लगाएकी छिन् ।

‘लेनदेनको विषयमा सहकारीले मलाई षडयन्त्रपुर्वक फसायो। मैले पैसा लिनु पर्ने थियो, वार्गेनिङ गरेको भन्दै पक्राउ गर्यो। हिरासतमा हुँदा डिएसपी मल्लले मिल्न समेत दिएनन्। म र ज्ञानेन्द्र शर्माको बीचमा उनी खडा भए’ उनले भने–‘हिरासतमा पनि अनावश्यक दुःख दिए। घरपरिवारलाई मासु, गुट्खा, चुरोट अनि सेल रोटीको पैसा थुनुवाले तिरिदिनुपर्ने। त्यसो गरेन भने भेटघाट वन्द गर्दिन्छु भन्थे। २८ दिन हिरासतमा वस्दा डिसपी मल्लको टर्चर धेरै खेप्नु पर्यो।’

तत्कालिन एसएसपी अशोक सिंहका दाहिने हात भनेर चिनिने मल्लको हरेक गतिविधिमा सिंहको मिलेमतो देखिन्छ। ‘डिएसपीले डेढ÷दुई लाख रुपैयाँ मलाई हेर्दिनु हुन्छ भने म मिलापत्र गर्दिन्छु, यहाँबाट छोडदिन्छु भनेको थियो। तर, मैले दिईन’ कार्कीले भनिन्–‘तपाईलाई म हजार रुपैयाँ पनि दिन्न भनेपछि कुट्न पनि खोज्नु भो। अन्त्यमा अदालतबाट सफाई पाएँ।’

डिएसपी मल्लले महिले पनि आफुलाई मान्छे लगाएर धम्क्याउने गरेको कार्कीले जानकारी दिएकी छिन् । ‘मानसिक रुपमा अहिले पनि मलाई तनाव दिने काम भईरहेको छ। त्यस विरुद्ध पनि मैले अदालतको सहारा लिनुपर्ने अवस्था छ’– उनले भनिन्।

कार्कीलाई जिल्ला अदालत काठमाण्डौंले चैत ६ गते सफाई दिएको हो। एन्जिना विरुद्ध सुर्ती ब्यापारी ज्ञानेन्द्र शर्माले ‘आपराधिक लाभ (एक्सटर्सन)’ मुद्दा दर्ता गरेका थिए। उनकै मुद्दाका आधारमा एन्जिनालाई महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले ०७८ मंसिर २२ गते पक्राउ गरेको थियो।

एन्जिनाले आफुसँग १६ लाख रुपैयाँ लिएको र अरु मिडियालाई पनि मिलाउनु पर्छ भन्दै बार्गेनिङ गरेको शर्माले वताएका थिए। तर, ठग भनेर पक्राउ गराइएकी उनै एन्जिनाले ज्ञानेन्द्र विरुद्ध चेक बाउन्सको मुद्दा चलाएपछि उनी मिलापत्र गर्न तयार भए।

शर्माले अदालतमा वुझाएको प्रतिउत्तरमा ‘आफुले एन्जिनासँग दुई वर्षपछि १६ लाख तिर्ने मौखिक सहमतिमा १० लाख रुपैयाँ लिएको र सोही रकम वुझाउने क्रममा उक्त घट्ना भएको’ वताए। एकै पटक धेरै रकम वुझाउनु पर्दा मानसिक रुपमा विछिप्त भएको र एन्जिनाले पैसाका लागि दवाव दिने र धम्की दिने गर्न थालेपछि आफु प्रहरीसम्म पुगेको उनले जनाएका छन् । अदालतमा प्रतिउत्तर दिने क्रममा समेत उनले आफनो सहकारीको कारोवारमा केही समस्या देखिएकाले सुनियोजित रुपमा त्यो प्रकरण वाहिर ल्याएको स्विकारेका छन्।

उनले बताएको सहकारी काठमाण्डौं स्थित शिवशिखर सहकारी र विराटनगरको तुलसी वहुउद्देश्शीय सहकारी संस्था रहेको खुलेको छ। शिखर अर्गनाइजेसन ग्रुप र तुलसी सहकारीका अध्यक्ष केदारनाथ शर्मा हुन् भने सुर्ति ब्यापारी शर्मा त्यसको संचालक रहेको पाईएको छ।

उक्त ग्रुपले विभिन्न ३२ वटा कम्पनी खोलेको छ । केदारनाथ शर्माकै छोरा काल्स शर्मा उक्त ग्रुपको उपाध्यक्ष छन् भने शर्माकी श्रीमती तुलसी सहकारीमा सचिव छिन्। ‘माडवारीको गल्ला’ शैलीमा सञ्चालन हुने गरेका दुवै सहकारीको कारोवारमा अहिले बचतकर्ताको निक्षेप अपचलन गरेको आरोप छ।

तुलसी सहकारी पुर्ण रुपमा वन्द भएको छ भने अध्यक्ष केदारनाथ शर्मा फरार छन्। केदारनाथकी श्रीमतीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। तुलसी सहकारीमा देखिएको समस्याका विषयमा सिआईबीले अनुसन्धान गर्ने वताईएको छ।

यो पनि,

तोडियो सुर्ती ब्यापारीको चक्रब्युहः पत्रकार एन्जिनालाई सफाई अध्यक्ष केदारनाथका श्रीमान श्रीमतीले यसरी डुबाए तुलसी सहकारी पत्रकारको लाखौं रुपैयाँ लिएर नतिर्ने सहकारी कुन हो नेपाल-आज ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ […]

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

error: Content is protected !!