०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरे पदभार ग्रहण

Logo
प्रकाशित शुक्रबार, चैत्र १७, २०७९

ABC (क्राईमबिट) काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् । शुक्रबार शपथ लगत्तै सिंहदरवार पुगेर उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण पछि उपप्रधानमन्त्री श्रेष्ठले गृह मन्त्रालय मातहतका कर्मचारीलाई गृह मन्त्रालयको काम अझ प्रभावकारी बनाउने गरी काम गर्न निर्देशन दिएका छन् ।

उनले भने, ‘यो मन्त्रालयको कामलाई परिणामुखी बनाउन म तपाईहरुकै साथमा रहन्छु ।’ पदबहाली कार्यक्रममा गृह मन्त्रालयका कर्मचारीहरु सहभागी थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको […]

दाङबाट साजिदा सिद्धिकिसहित एमालेले छान्यो समानुपातिक सांसदहरु (सूचीसहित) काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए। क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ। जनजाति (४ जना) महिला : • भूमिका सुब्बा • गंगादेवी श्रेष्ठ पुरुष : […]

error: Content is protected !!