०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

नवनियुक्त मन्त्रीहरूले लिए शपथ ग्रहण

Logo
प्रकाशित शुक्रबार, चैत्र १७, २०७९

(ABC-Sanchar)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएका हुन् ।

मन्त्रिपरिषदमा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का दोस्रो वरीयतासहित उपप्रधान तथा रक्षा मन्त्री बनेका छन् भने माअ‍ोवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तेस्रो वरीयतासहित उपप्रधान तथा गृहमन्त्री बनेका छन् ।

मन्त्रिपरिषद

पुष्पकमल दाहाल ‘प्रचण्ड’ : प्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या
पूर्णबहादुर खड्का : उपप्रधानमन्त्री, रक्षा
नारायणकाजी श्रेष्ठ : उपप्रधानमन्त्री, गृह
डा. बेदुराम भुसाल : मन्त्री, कृषि तथा पशुपन्छी विकास
अशोककुमार राई : मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि
शरतसिंह भण्डारी : मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा
डा. प्रकाश शरण महत : मन्त्री, अर्थ
महिन्द्र राय यादव : मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
शक्तिबहादुर बस्नेत : मन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइ
रेखा शर्मा : मन्त्री, सञ्चार तथा सूचना प्रविधि
सुदन किराँती : मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
अमनलाल मोदी : मन्त्री, सङ्घीय मामिला तथा सामान्य प्रशासन
प्रकाश ज्वाला : मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
रञ्जिता श्रेष्ठ : मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
रमेश रिजाल : मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति
सिता गुरुङ : मन्त्री, सहरी विकास
सुशीला श्रीपालि ठकुरी : राज्यमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको […]

दाङबाट साजिदा सिद्धिकिसहित एमालेले छान्यो समानुपातिक सांसदहरु (सूचीसहित) काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए। क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ। जनजाति (४ जना) महिला : • भूमिका सुब्बा • गंगादेवी श्रेष्ठ पुरुष : […]

error: Content is protected !!