
ABC (क्राईमबिट) पर्सा । बिरगंज महानगरपालिका १७ रजत जन्ती चोक स्थित भारतकाे रक्सौलबाट निगरानी अनलाइन प्रेस लेखी hyundai कम्पनीको बा. ७ च.४६४२ नम्बरको गाडीको अगाडी वर्णट र पछाडिकाे डिकी र सिटमुनि लुकाई छिपाई ल्याइरहेको। लागुऔषध अनरेक्स सिरप
१९८ बोतल र २४० पिस् नाईट्रोभेट सहित निगरानी अन्लाईनका सल्लाहकार पर्सा प्रहरीको नियन्त्रणमा जिल्ला मकवानपुर हेटौंडा वडा नं ४ बस्ने वर्ष ५० गोपाल बहादुर स्यन्ताङ आफैले चलाई भारतबाट नेपाल फर्की रहेको बेला गोप्य सूचनाको आधारमा गाडी संखा लागेर रजत जयन्ती
चोकमा नेपाल प्रहरी चेक पोस्ट नजिक ड्युटीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषध नाइट्रो २४०पिस भेट र on rex सिरप १९८ बोतल फेला पारी हाल ।
थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको पर्सा प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिनुभएको छ
। यता यस विषयमा निगरानी अनलाइनका सञ्चालक आदर्श ठोकरलाई फोन संवाद गर्दा गोपाल बहादुर स्यान्ताङ नामक हाम्रो टिमकाे सदस्य रहेकाे र निगरानी अनलाईनकाे दुरुपयोग गरेको र नाम बद्नाम गर्न खोजेको भन्दै कडा भन्दा कडा कार्वाहीको माग गरेका छन्।