०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

नेपाल एयरलाइन्सको पाइलटलाई पखाला लागेपछि निगमको दुबई उडान रद्द यात्रु अलपत्र

Logo
प्रकाशित आइतबार, चैत्र १९, २०७९

(ABC-Sanchar) काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइडबडी विमान उड्नै लाग्दा को-पालटलाई पखाला चलेपछि शनिबार राति काठमाडौं–दुबई–काठमाडौंको उडान रद्द हुँदा दुवैतर्फ कम्तीमा ५ सय ४३ यात्रु अलपत्र परेका छन् । निगमको व्यवस्थापनले क्याप्टेनसँगै उड्ने अर्को जगेडा को-पाइलट व्यवस्था गर्न नसक्दा शनिबार राति १२ बजे दुबईका लागि तय गरिएको उडान नम्बर– आरए२२९ बाट उड्न बोर्डिङपास लिइसकेका २ सय ६६ यात्रुलाई सिनामंगल, गौशाला, ज्ञानेश्वरका होटलहरुमा राखिएको छ ।

अन्तिम समयमा यात्रुहरुले जहाज नउडाएकोमा विमानस्थलमा नाराबाजी गर्दै निगम व्यवस्थापनको विरोध गरेका थिए ।
निगम स्रोतका अनुसार, दुबईबाट आइतबार बिहान ४ बजे काठमाडौंका लागि तय भएको यसै विमानको उडान (आरए२३०) उडान पनि रद्द भएको छ । उक्त उडानबाट काठमाडौं आउने यात्रुलाई पनि दुबईमा रहेको निगमको स्टेसनले निगमकै खर्चमा होटलमा राखेको छ । निगम प्रवक्ता अर्चना खड्का अनुसार, शनिबार राति ११:३० बजेको रद्द उडान आरए२२९ लाई आइतबार बिहान ११ बजेका लागि राखिएको छ । काठमाडौं र दुबईमा होटलमा कति यात्रु राखिएका छन् भन्नेबारे आइतबार बिहान १० बजेसम्म विमानस्थलमा रहेका निगमका स्टेसनहरुले एकिन संख्या रिपोर्टिङ गरिनसकेको प्रवक्ता खड्काले बताइन् ।

शनिबार राति साढे १० बजे दिल्लीबाट फर्केको निगमको मकालु नेपाली नाम भएको वाइडबडी विमानलाई दुबई उडानका लागि राखिएको थियो । त्यो जहाज दिल्लीबाट उडाएर ल्याउने क्याप्टेन योगेश हिराचन र को-पाइलट गोपालसिंह विष्ट नै दुबई जानुपर्ने तालिका थियो । तर, जहाजमा उपलब्ध हुने खानाले ‘फुड प्वाइजन’का कारण पखाला लागेपछि को-पाइलट विष्टले ‘सिक रिपोर्ट’ गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ […]

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

error: Content is protected !!