२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

कोशी प्रदेश प्रहरी प्रमुख वरिष्ठ एसएसपी बास्तोलाद्वारा ५ दिने अनुशिक्षण तालिमको उद्घाटन

Logo
प्रकाशित सोमबार, चैत्र २०, २०७९

ABC (क्राईमबिट) विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा एक कार्यक्रमको आयोजना गरी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलाले बिधिवत रुपमा समुद्घाटन गरेका हुन् ।

५ दिन सम्म संचालन हुने उक्त तालिममा कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी कार्यालयबाट र मुद्धा चल्ने प्रहरी ईकाईकाबाट समेत गरी कुल ४० जनाको सहभागिता रहेको छ ।

उक्त तालिममा नेपाल प्रहरी प्रधान कार्यालय काठमाण्डौका प्रहरी उपरीक्षक श्याम कुमार मण्डल सहितको प्राविधिक प्रहरी टोलीले प्रशिक्षण प्रदान गर्ने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]

दाङ । घोराही १५ केवल एउटा सहरको नाम होइन, यो हाम्रो पहिचान, हाम्रो सम्भावना र हाम्रो साझा भविष्य हो। हामीले कस्तो घोराही निर्माण गर्ने भन्ने कुरा सरकार वा स्थानीय तहको मात्रै जिम्मेवारी होइन। यसका लागि यहाँका प्रत्येक नागरिकको सोच, सहभागिता र सक्रियता आवश्यक हुन्छ। अझ विशेषगरी युवाहरूको सिर्जनशील ऊर्जा, नयाँ सोच, क्षमता र नेतृत्वलाई सही […]

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]