२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
×

नक्कली नागरिकताका सिफारिस गर्ने वडाध्यक्षसहित ३ जना कलैयाबाट पक्राउ

Logo
प्रकाशित शुक्रबार, बैशाख ०८, २०८०


ABC (क्राईमबिट) कलैया । मावली हजुरबुवावाट वंशजको आधारमा नागरिकता दिलाउनका लागि सिफारिस गरेको आरोपमा कलैया उपमहानगरपालिका १० का वडाध्यक्ष महम्मद साबिरसहित ३ जनालाई पक्राउ गरिएको हो ।

वडा अध्यक्ष साबिरसहित नागरिकता लिइसकेका नक्कली बाबु छोरा गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । उनका अनुसार कलैया उपमहानगरपालिका १० मटिअर्वा गाउँका नक्कली बाबु ७५ वर्षीय जोधन साह तुराहा र नक्कली छोरा बनेका २१ वर्षीय रमेश साह तुराहा पक्राउ परेका हुन् ।

रमेशले मावलीका हजुरबुबा जोधनलाई बाबु बनाएर ६ महिनाअघि वंशजको आधारमा नागरिकता लिएको खुले पछि उनीहरू पक्राउ परेका हुन् । गोप्य उजुरीको आधारमा उनीहरू पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हेडक्वार्टर रुपन्देहीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल तथा मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शङ्कास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा रुपन्देहीको सियारी गाउँपालिका–२ सेमराका २३ वर्षीय अरुण गुप्ता, मायादेवी गाउँपालिका–७ बनगाईका २० वर्षीय रामदिन यादव र सोही ठाउँका २० वर्षीय धीरज राजभर रहेका छन् […]

दाङ । कुनै पनि शहर केवल सडक, भवन र पुलले मात्र समृद्ध बन्दैन। समृद्ध शहर निर्माणका लागि स्पष्ट दीर्घकालीन सोच, उत्पादनमुखी अर्थतन्त्र, प्रभावकारी पूर्वाधार, गुणस्तरीय शिक्षा–स्वास्थ्य, रोजगारीका अवसर, वातावरणीय संरक्षण, पारदर्शी शासन र नागरिकको सक्रिय सहभागिता आवश्यक हुन्छ। यही सोचलाई केन्द्रमा राखेर अगाडि बढिरहेको ‘घोराही बनाऔँ अभियान’ ले समृद्धि, विकास र सुशासनलाई साझा अभियानका रूपमा […]

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]