२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाल प्रहरीले घुस-खाने प्रहरी खोज्न ४ जना एआईजीहरु परिचालन

Logo
प्रकाशित बुधबार, बैशाख २०, २०८०

 ABC (क्राईमबिट) काठमाडौं । ‘अन दी स्पट’ कारबाहीको अधिकारसहित प्रहरी प्रधान कार्यालयले चार एआइजीलाई अनुगमनमा खटाएको छ । प्रहरी मिलेमतोमै सीमा नाकाबाट तस्करी भइरहेको सूचनाका आधारमा अनुगमन गरी कारबाही गर्ने अधिकारसहित टोली खटिएको हो ।

कोशीमा टेकप्रसाद राई, मधेसमा मीरा चौधरी, लुम्बिनीमा टेकबहादुर तामाङ र सुदुरपश्चिममा सुदीप गिरी खटिएका छन् । सो टोलीलाई सीमा नाकाम हुने पुलिसिङको बिशेष अनुगमन गर्ने जिम्मेवारी छ । कतै कमजोरी देखिएमा तत्कालै प्रहरीहरु कारबाहीमा पर्नेछन् ।

तराईका जिल्लामा प्रहरीकै मिलेमतोमा तस्करी भइरहेको सूचनाका आधारमा प्रहरी प्रधान कार्यालयले एआइजीलाई नै अनुगमनमा खटाएको हो । तराईका मुख्य जिल्लामा गैर व्यवसायिक आचरण भएका जिल्ला इन्चार्ज भएकाले पनि तस्करी रोकिन नसकेको हो । तस्करी नरोकिदा भन्सार राजश्व कम भएको भन्दै अर्थ मन्त्रालयले प्रहरीमाथि दोष लगाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सक्रियता बढाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]