२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङको लमहीमा स्कुल बस र अटो एक आपसमा ठोकिदा ३ जना घाइते

Logo
प्रकाशित मंगलबार, बैशाख २६, २०८०

 (ABC-Sanchar) दाङ । गढवा गाउँपालिका ६ गढवा बजार निवासी ७२ वर्षिय नेपाली काङ्ग्रेसका जिल्ला सदस्य तथा वन बाताबरण संरक्षण समन्वय समिति गढवाका पुर्व अध्यक्ष उमाकान्त पन्त रहनु भएको छ ।

त्यस्तै गढवा गाउँपालिका -६ मधपुर निवासी वर्ष ४० कि रवि विश्वकर्मा, सोही ठाउँ निवासी ७२ वर्षिया जुठी वली पनि घाइते हुनु भएको छ । विश्वकर्माको अवस्था सामान्य छ भने वली र पन्तको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । घाइते तीनै जना अटोमा लमही तर्फ आउँदै हुनुहुन्थ्यो ।

आज बिहान ९:३० बजेको समयमा गढवाबाट लमही तर्फ आउँदै गरेको रा १ ह २१५४ नम्बरको अटोलाई सोही दिशाबाट लमही तर्फ आउँदै गरेको प्रिन्स बोर्डिङ स्कुलको बा १ क ९०१० नम्बरको बसले ठक्कर दिंदा अटोमा सवार यात्रु सामान्य घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि लमही अस्पताल लगिएको छ भने ठक्कर दिने बस र चालकलाई लमही ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बसलाई अटोले ओभरटेक गर्न खोज्दा बसले ठक्कर दिएको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]