२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

पाकिस्तानका पुर्वप्रधानमन्त्री खानपछी पूर्व विदेशमन्त्री महमूद कुरैशी पनि पक्राउ

Logo
प्रकाशित बिहिबार, बैशाख २८, २०८०


(ABC-Sanchar)
काठमाडौं । पाकिस्तानका पूर्व विदेशमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफका नेता शाह महमूद कुरैशीलाई पक्राउ गरिएको छ । पाकिस्तानले इमरान खानका पार्टीका अन्य नेतालाई धमाधम पक्राउ गरिरहेको छ ।पक्राउ पर्नु अघि कुरैशीले रेकर्ड गरिएको भिडियोमा भने, ‘मलाई पक्राउ गर्न प्रहरी आइसकेको छ । म एक सन्देश दिन चाहन्छु । यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र हामी यसमा संलग्न हुनुपर्छ । आज इमरान खान हिरासतमा छन् । यसले उनको ज्यानलाई खतरा छ ।’

कुरैशीले थपे, ‘तपाईंहरु हाम्रो वास्तविक स्वतन्त्रताको युद्धलाई जारी राख्नुहोस् र त्यति बेलासम्म नरोकिनुहोस् जबसम्म इमरान खान रिहा हुँदैनन् ।’पाकिस्तानमा इमरान खान पक्राउ परेपछि हिंस्रक विरोध प्रदर्शन जारी छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले बुधवार अबेर राती देशवासीको नाममा सम्बोधनमा हिंसा गर्नेहरूलाई कडा चेतावनी दिएका छन् । शरिफले भने, ‘हिंसा गर्नेहरूलाई कडाभन्दा कडा सजाय दिइनेछ ।’यसैबीच पाकिस्तानमा हिंसाका कारण १० जनाको ज्यान गइसकेको छ ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!