२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

नागरिक उन्मुक्ति पार्टीको जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्दको घोषणा

Logo
प्रकाशित बुधबार, जेठ ०३, २०८०


(ABC-Sanchar)
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नाउपाले यही जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ।
पार्टीका संरक्षक रेशमलाल चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला गरेको विरोधमा नाउपाले नेपाल बन्द लगायत कार्यक्रम गर्ने तयारी गरेको पार्टीका बरिष्ठ उपाध्यक्ष दामाेदार पण्डितले बताए ।

यसबारे नाउपाले प्रेसविज्ञप्ति मार्फत जानकारी दिएकाे छ।
विज्ञप्तिका अनुसार सरकारले लाल आयोगको प्रतिवेदन सार्वजानिक नगरे जेठको ३, ४ र ५ गते देशव्यापी राँके जुलुस प्रदर्शन, कोण सभा गर्ने र जेठ
६ गतेदेखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेकाे छ।

पार्टीका संरक्षक चौधरीलाई रिहा गर्नुपर्ने मुख्य सर्त नाउपाको छ। त्यसको लागि नाउपाकै पहलमा कानुन संशोधनका लागि विधेयक संसद्मा पेस गरिएको थियो। तर मंगलबार सर्वोच्च अदालतले उच्च अदालतकै आदेश सदर गरेपछि त्यो बाटो पनि बन्द भएको छ।

त्यस पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ पुष्पकमल दाहाल नेतृत्वको सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छन्। उनी रेशमकी पत्नी हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!