१९ साउन २०८३, मंगलबार
04-08-2026 , Tue
×

अमेरिका रङ्गशालामा भागदौड हुँदा ९ जनाको मृत्यु धेरै भन्दा धेरै घाइते

Logo
प्रकाशित आइतबार, जेठ ०७, २०८०

(ABC-Sanchar)
काठमाडौं । मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर ९ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहति भएको प्रहरीलाई उद्धृत गर्दै केबल न्युजन नेटवर्क (सिएनएन) ले जनाएको छ । प्रहरीका अनुसार कुस्काटलाना रङ्गशालामा अलियान्जा र एफएएसबीचको फुटबल खेल हेर्न प्रवेश गर्न खोजेका समर्थकहरूको भागदौडमा घाइते भएकालाई आपत्कालीन टोली परिचालन गरेर अस्पताल पुर्याइएको छ ।
प्रहरीले सार्वजनिक गरेको भिडियोमा रङ्गशाला बाहिर धेरै एम्बुलेन्स बिरामी बोक्न तयारी अवस्थामा रहेका तथा चिकित्सकहरू द्रुत सेवा प्रवाहका खातिर घाइतेहरू भएकातर्फ दौडिइरहेका देखिन्छन् । अलियान्जा र एफएएस एल साल्भाडोरका लोकप्रिय फुटबल टोली हुन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपालमा खाना पकाउने एलपी ग्यास दैनिक जीवनको अत्यावश्यक वस्तु हो। तर बेला–बेलामा देखिने कृत्रिम अभाव, कालोबजारी, दोहोरो खरिद, भण्डारण तथा वितरण प्रणालीको कमजोरीका कारण सर्वसाधारण नागरिकले ठूलो सास्ती भोग्दै आएका छन्। विशेष गरी चाडपर्व, प्राकृतिक विपत्ति वा आपूर्ति व्यवस्थापन कमजोर हुँदा बजारमा ग्यासको चरम अभाव सिर्जना हुन्छ। यस्तो अवस्थामा वास्तविक उपभोक्ताभन्दा बिचौलिया र […]

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिनअनुसार आज बिहानको मापन गर्दा देशका ठुला तथा प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तलै रहेको छ। कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा बाढीको कुनै ठुलो जोखिम देखिएको छैन। […]

दाङ । देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको चरम अभावले आम नागरिकको दैनिक जीवन कष्टकर बन्दै गएको छ। अत्यावश्यक उपभोग्य वस्तुका रूपमा रहेको ग्यास सहज रूपमा उपलब्ध हुन नसक्दा सर्वसाधारण घण्टौंसम्म पसल अगाडि लाइन बस्न बाध्य छन्। यसले नागरिकको समय, श्रम र सम्मानमाथि समेत असर पुर्‍याएको छ। यस्तो अवस्था लामो समयसम्म कायम रहनु सरकारको […]

error: Content is protected !!