१७ कार्तिक २०८३, मंगलबार
03-11-2026 , Tue
×

लुम्बिनीमा डीआईजीस्तरीय बैठक सम्पन्न सूचना आदानप्रदान र संयुक्त निगरानी बढाउने निर्णय,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक १७, २०८३

 

भैरहवा । लुम्बिनी प्रदेशमा सम्पन्न डीआईजीस्तरीय सुरक्षा बैठकले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि सूचना आदानप्रदान, अवैध ओसारपसार नियन्त्रण र संयुक्त निगरानी बढाउने निर्णय गरेको छ।

बैठकमा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला प्रहरी प्रमुखहरू, सशस्त्र प्रहरी र नेपाल प्रहरीका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

बैठकले विशेष गरी खुला सीमानाकाबाट हुने लागूऔषध ओसारपसार, हातहतियार तस्करी, मानव बेचबिखन तथा भन्सार छलीका सामानको अवैध ओसारपसारलाई कडाइका साथ नियन्त्रण गर्ने विषयमा छलफल गरेको छ।

दुई सुरक्षा निकायबीच नियमित सूचना आदानप्रदान गर्ने, संवेदनशील क्षेत्रमा संयुक्त गस्ती परिचालन गर्ने र प्रविधिको प्रयोग गरी निगरानीलाई थप प्रभावकारी बनाउने सहमति भएको हो।

साथै, चाडपर्वको समयमा हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा योजना चुस्त बनाउने निर्णय समेत बैठकले गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  भैरहवा । लुम्बिनी प्रदेशमा सम्पन्न डीआईजीस्तरीय सुरक्षा बैठकले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि सूचना आदानप्रदान, अवैध ओसारपसार नियन्त्रण र संयुक्त निगरानी बढाउने निर्णय गरेको छ। बैठकमा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला प्रहरी प्रमुखहरू, सशस्त्र प्रहरी र नेपाल प्रहरीका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। बैठकले विशेष गरी खुला सीमानाकाबाट हुने लागूऔषध ओसारपसार, हातहतियार तस्करी, […]

  दाङ । *घोराही, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन चौधरीले एक परेवाको उद्धार गरेपछि उहाँको सामाजिक सञ्जालमा चौतर्फी प्रशंसा हुन थालेको छ। एउटा असहाय पक्षीको जीवन रक्षाका लागि देखाएको मानवीय संवेदनशीलतालाई धेरैले सकारात्मक रूपमा लिँदै प्रियासनको प्रशंसा गरेका छन्। पत्रकार गोविन्द खड्काले परेवाको उद्धारसम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक […]

  दाङ । घोराही स्थानीयवासीबाट प्राप्त जनगुनासोका आधारमा जिल्लाका विभिन्न स्थानहरूमा विशेष चेकजाँच गरिएको छ। चेकजाँचका क्रममा सवारीको स्वरूप परिवर्तन गरी अनावश्यक तथा अत्यधिक चर्को आवाज निकाल्दै सञ्चालन गरिएका मोटरसाइकलहरू नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम आवश्यक कारबाही गरी छाडिएको छ। सवारी साधनको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण फैलाउने तथा सार्वजनिक शान्ति भंग गर्ने कार्य कानुन […]