२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सोमबारदेखि जन्मसिद्धका सन्तानले नागरिकता पाउने सम्पूर्ण तयारी पुरा

Logo
प्रकाशित आइतबार, जेठ २१, २०८०

(ABC-Sanchar)

काठमाडौं । बिरगंज जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार सुचना जारी गर्दै सोमबार (भोली) देखि जन्मसिद्धका सन्तानले नागरिकता पाउने जनाएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि नागरिकता ऐन बनेर राजपत्रमा पनि प्रकाशीत भइसकेको छ। ऐन राजपत्रमा प्रकाशित भएसँगै आइतबार देखी नागरिकता वितरण सुरु हुने भनीए पनि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले आइतबार सुचना जारी गर्दै भोलीदेखि जन्मसिद्धका सन्तानले नागरिकता पाउने जनाएका छन्।

सेवाग्राहिले नागरिकता पाउनका लागी आवश्यक कागजातहरु तयार गरी जिल्ला प्रशासनको कार्यालयमा लिएर आउन सो सुचना मार्फत जनाइएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

पौडेलले नयाँ कानूनअनुसार २०७२ साल असोज ३ गते भन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवैको नेपाली नागरिकता देखाएर १६ वर्ष पुगेपछि वंशजको नागरिकता पाउने जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]