०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

वडा अध्यक्ष सुशील साह कानुद्वारा बोरिङ जडान गरिए पछि स्थानीयहरु हर्षित

Logo
प्रकाशित शुक्रबार, आषाढ २२, २०८०


(ABC-Sanchar)
पर्सा । बिरगंज महानगरपालिका वडा नं १० मा खाने पानीको बोरिङ निर्माण भएपछि त्यस क्षेत्रका स्थानीय हर्षित भएका छन् । वडा नं १० को वडा स्तरीय बजेट वडा अध्यक्ष सुशील साह कानुले जडान गराएका हुन।

वर्षा नभएको र बढ्दो गर्मीका कारण जमिनमुनि सतहमा पानी सुक्दा चापकलहरूमा पानी आउन छोडेपछि उक्त वडाका स्थानीय धेरै नै पीडित भएका थिए।

लगभग १०० घरधुरीका जनता खाने पानीको विकराल समस्या रहेको थियो। टाढा टाढाबाट पानी बोकेर खानुपर्ने बाध्यता रहेको थियो तर अब त्यो समस्याबाट मुक्त भएपछी स्थानिय खुशि भएका छ । बोरिङ हलाउने सात दिन देखि मिस्त्री लागेपनी पानी नआएको ले गर्दा वडा अध्यक्ष सुशील साह कानुले दवाव दिइ काम गराएका थिए ।अब सो बोरिङलाई पाइपको माध्यम घर घरमा पुर्याउने लक्ष्य रहेको अध्यक्ष कानुले बताए ।

आफ्नो वडा कोइ पनि जनतालाई खानेपानीको अभाव हुन नदिने उहाले बताए।दिन प्रती दिन बढ्दो गर्मीको कारण जमिन मुनिको पानीको सतह घट्दै गइरहेको तथा यसलाइ रोक्न सम्पुर्ण वडा का जनता सचेत हुन आग्रह समेत उनले गरे। यसका लागि बृक्षारोपन गर्न आवश्यक रहेको बताए। उनी समाज को बिकाश का लागि लागि परेको बताए । अहिले वडा नं १० मा विभिन्न बिकाश को काम भइ रहे को बताए । अशोक बाटिका सोन्दर्यकरण , घडिअर्वा पोखरी को चार वटै गेट को पुर्ननिर्माण लगायत बृक्षा रोपन कार्य समेत भइरहेको बताए ।

बोरिङ लगाउन पहल गरेका संचारकर्मी राहुल गुप्ता अहिले बिरगंजमा पानीको अभावले जनता धेरै नै पिडित रहेका छन।यस्तो आकाल परेको बेला सम्पुर्ण जनता एक भएर पर्यावरण बचाउनु पर्ने बताए।चुरे पर्वतको दोहनले तराइ तिर पानी को आकल बढै गएको तथा यस्लाइ रोक्नु पर्ने उनले बताए।

त्यस्तै बोरिङको लगाउनका लागि अप्रत्यक्ष रुपमा नेपाली कांग्रेसका नेता एवम बिरगंज महानगरपालिकाका उप-मेयर इम्तियाज आलमले सहयोग गरेका थिए। उनले पानी आवश्यक परेको बेला रात हो या दिन कुनै बेला पनि बिरगंज महानगरपालिकाको दमकल पठाउने गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!