२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अवैध लागूऔषधसहित ११ जना पक्राउ

Logo
प्रकाशित सोमबार, आषाढ २५, २०८०

ABC (क्राईमबिट)

कैलाली । गोदावरी नगरपालिका–२ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय पारस वलीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

नवलपरासी (पश्चिम) । बर्दघाट नगरपालिका–१२ चौपत्ताबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित सोही नगरपालिका १४ नारायणचोक बस्ने २४ वर्षीय रमेश खत्री क्षेत्रीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाँके । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्रामसहित सुर्खेत भेरी गंगा नगरपालिका ७ घर भई बाँके कोहलपुर नगरपालिका–११ बस्ने २६ वर्षीय दिपक वलीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी बाँके, राप्तिसोनारी गाउँपालिका–५ अलिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ४ सय ४० मिलिग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–३३ बैशा बस्ने ३२ वर्षीय आनन्द खड्का र सोही गाउँपालिका – ५ बिनौना बस्ने ३० वर्षीय देबेन्द्र खत्री रहेका छन् । ईलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरीले नेपालगंजबाट बैजापुरतर्फ जाँदै गरेको भे ७ प ७७४४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

धादिङ । थाक्रे गाउँपालिका–२ सिम्ले बजारबाट अवैध लागूऔषध चरेस करिब ११ केजीसहित मकवानपुर थाहा नगरपालिका–७ बस्ने ४० वर्षीय जय बहादुर तितुङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सिम्लेबाट खटिएको प्रहरीले उनलाई उक्त चरेससहित पक्राउ गरेको हो ।

झापा । दमक नगरपालिका १ हवल्दार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित दमक नगरपालिका–६ बस्ने २० वर्षीय अन्जान मगर समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले दमक नगरपालिका १ हवल्दार चोक बस्ने शैलेश कुमालको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]